काठमाडौं। राष्ट्रिय महिला आयोगले महिला हिंसाका उजुरीलाई छिटो छरितो रुपमा सम्बोधन गर्न हेल्पलाइन सञ्चालन गर्ने भएको छ । विश्व बैंकको सहयोगमा आयोगले पहिलो चरणमा काठमाण्डौ, भक्तपुर, ललितपुर र नुवाकोटमा यो सेवा सञ्चालन गर्ने भएको हो । तीन वर्षे आयोजना भएपनि कर्मचारी तथा कार्यालय व्यवस्थापन, आन्तरिक तयारी लगायतमै एक वर्ष बितिसकेको छ । आन्तरिक तयारीमै जुटिरहेको बताउँदै आायोगकी कार्यबाहक अध्यक्ष भगवती घिमिरले केही समयमै सो सेवा सञ्चालन गर्ने बताउनुभयो । सेवा सञ्चालनका लागि अहिलेसम्म प्रोजेक्ट म्यानेजर मात्र नियुक्त गर्न सकिएको घिमिरेले जानकारी दिनुभयो ।