Advertisement
Advertisement
Advertisement
Advertisement

राष्ट्रपति बिद्यादेवी भण्डारीकी देउरानी लक्ष्मी स्थानीय तहको न्यायाधीश

  |      14:30:00   |  
लक्ष्मी भण्डारी
लक्ष्मी भण्डारी

मोरङ । राष्ट्रपति बिद्यादेवी भण्डारीकी साँहिली देउरानी स्थानीय तहको न्यायाधीश बनेकी छन् । राष्ट्रपति भण्डारीकी  देउरानी अर्थात मोरङको उर्लावारी ७ की ५८ बर्षिया लक्ष्मी भण्डारी उर्लाबारी नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएर उक्त्त नगरकालागि न्यायाधीश बनेकी हुन । 

एमालेबाट उम्मेदबार बनेकी लक्ष्मीले प्रतिस्पर्धी काँग्रेसकी सीता कार्कीलाई ३५९ मतअन्तरले  पराजित गरेकी हुन । लक्ष्मीले ९५३९ र सीताले ९२८० मत पाएका थिए  । 
एमाले नेता स्वर्गीय मदन भण्डारीका साहिलो भाई मोहन भण्डारीकी पत्नी लक्ष्मीले अगामी एक कार्याकाल स्थानिय तहमा हुने झैझगडा र झमेलाहरुमा न्यायाधीश बनेर छिनोफानो गर्नेछिन ।  

स्थानीय तहको उपप्रमुख वा उपाध्यक्षलाई  स्थानीय तहको  न्यायिक समितिको संयोजक तोकिएकको छ । न्यायिक संयोजकले आफनो तहमा भएका फैजदारी अपराध बाहेकका धेरै मुद्दाहरु हेर्ने जिम्मेबारी पाएको छ । यसैगरि महिला हिँसा ,बाल न्याय र मानविय बिकासकालागि हुने शसक्त्तिकरणका कार्यक्रमपनि उपले नै संचालन गर्नेछन। 

अवको कार्यालय राष्ट्रपतिकी देउरानी लक्ष्मीले नगरको न्यायाधीश  र बिकास प्रेमी उपप्रमुख बनेर उर्लाबारीबसीलाई न्याय गर्नेछिन कि आफनो पहुँच मात्र बिस्तार गर्नेछिन् त्यो हेर्न उर्लाबासीले पर्खनेछन् । वा उनले न्यायमा पक्षपात गर्छिन् कि निष्पक्षता अपनाउेछिन त्यो लक्ष्मीले आगामी दिनमा गर्ने कार्य सम्पादनले नै  भन्नेछ। 

तर महत्वाकांक्षा नभएकी खरो स्वभावकी लक्ष्मी ईमान्दार नेताका रुपमा चिनिएकी छन् । दुई कार्यकाल एमाले जिल्ला कमिटीको सचिवालय सदस्य रहेकी उनले बिभिन्न जिम्मेवारी सफलता पुर्वक सम्हालिसकेकी छन् । उनी अघिल्लो कार्यकालमा पार्टीको स्वास्थ्य बिभाग हेर्थिन् । यो कार्यकालमा उनी  मोरङको पुर्वी क्षेत्रमा पर्ने  महत्वपुर्ण नगर उर्लाबारीको उपप्रमुख बनेकी छन । 

बाढीको प्रकोप , बाटोघाटाको असुबिधा , स्वच्छ खानेपानीको अभाव , प्राकृतिक स्रोतको संरक्षणमा चुनौती , शिक्षा , स्वास्थ्य र भौतिक बिकासमा कमीसँगै महिला र वालबालिका अनि युवाहरुको शसक्त्तिकरण कम भएको उर्लाबारी नगरपालिकालाई आफनो कार्यकालमा कस्तो बनाएर देखाउने हुन् उनको मुल्यांकन हुने नै छ । ५८ बर्षिय पाको उमेर र खरिएको अनुभव भएकी उपप्रमुख लक्ष्मी लामो समयदेखी पार्टी काममा निरन्तर सक्रृय रहेको र ईमान्दार अनि जुझारु भएकोले उर्लाबारीबासीलाई उनले पुर्ण न्याय गर्नेमा आफुहरु आशाबादी रहेको स्थानिय केदार चौहान बताउँछन् । रातोपाटीमा प्रकाशित खबर ।​


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement