Advertisement
Advertisement
Advertisement
Advertisement

राज्य र राजनीतिक दल दुवैले महिलाको क्षमता पहिचान र कदर गर्नुपर्छ ’ : अन्सारी

  |      18:42:00   |  
राज्य र राजनीतिक दल दुवैले महिलाको क्षमता पहिचान र कदर गर्नुपर्छ ’ : अन्सारी

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले महिला एक कुशल व्यवस्थापक भएकाले राज्य र राजनीतिक दल दुवैले महिलाको क्षमता पहिचान र कदर गर्नुपर्ने बताउनु भएको छ ।

 

अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा हरियो वन कार्यक्रमका साझेदार संस्थाहरुद्धारा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एक सय एक क्षमतावान महिला भएपनि राज्य र दल कसैले नचिनेको गुनासो गर्नुभयो । महिला एक कुशल व्यवस्थापक भएको विभिन्न अध्ययन र अनुभवले प्रमाणित गरिसकेको र यो क्षमता महिलाको जन्मसिद्ध क्षमता भएको उहाँको भनाई थियो ।

 

महिला सशक्तिकरणका लागि समान सहभागिता र सहकार्य जरुरी रहेको भन्दै यसले पुरुषको अधिकार हनन वा स्थान खोसिने नभई समाजलाई बलियो बनाउने उहाँले बताउनुभयो ।कार्यक्रममा वन तथा भूसंरक्षण मन्त्रालयका उपसचिब मधु घिमिरेले महिला सशक्तिकरणका लागि शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका विनिता भटराइले महिलाको विषय सवै क्षेत्रसँग गाँसिएको हुँदा सवै कार्यालय तथा संघसंस्थाहरुले महत्वका साथ महिलाका विषयमा जोड दिनुपर्ने बताउनुभयो ।

यसैगरि सामुदायिक वन उपभाक्ता महासंघका अध्यक्ष गणेश कार्की, डब्लुडब्लु एफका डा. घनश्याम गुरुङ, लगायतले वन व्यवस्थापनमा महिलाहरुले अतुलनिय योगदान गरेको भन्दै महिलाको व्यवस्थापनमा सुशासन कायम हुने बताएका थिए ।

 

महिला सम्मानको आधारः सीपियुक्त हात र स्वरोजगार भन्ने नाराका साथ भएको कार्यक्रममा हरियो वन कार्यक्रमले वन व्यवस्थापन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा योगदान पुरयाएको भन्दैसामाजिक अयिभानत ४ जना महिलालाई सम्मान गरे । सम्मानित हुनेमा स्याङजाका सावित्र विक, वर्दियाका कमला ज्ञवाली, नवलपरासीका कमला आले र चिनवनका डोमा पौडेल रहेका छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement