Advertisement
Advertisement
Advertisement
Advertisement

राजा महेन्द्रको गाडी चलाउने १०० वर्षीया रामदेवी श्रेष्ठ बिचल्लीमा

  |      10:22:00   |  
तस्विर: विजु महर्जन
तस्विर: विजु महर्जन

दीपेन्द्र राई ►

काठमाडौं। राजा महेन्द्रले उनलाई ड्राइभर्नी भनेर बोलाउँथे । नाम रामदेवी श्रेष्ठ भए पनि महेन्द्रले उनको नाम ड्राइभर्नी राखिदिएका हुन् । राजाको गाडी चलाउने भएकाले उनको नाम ड्राइभर्नी राखिएको रहेछ । 

आउँदो माघमा १०० वर्ष पुग्दै गरेकी श्रेष्ठले राजा महेन्द्रलाई तात्कालिक नारायणहिटी दरबारदेखि टुँडिखेलसम्म गाडीमा लैजाने र ल्याउने गर्थिन् । उनले चलाएको गाडीमा महेन्द्रमात्रै होइन, राजा वीरेन्द्र/ऐश्वर्य, ज्ञानेन्द्र÷कोमल, दीपेन्द्र, नीराजन र पारससमेत चढेका थिए । 

कोही कहाँ जाने, कोही कता जाने भएकाले थुप्रै दरबारियालाई बोकेर उनी धेरै ठाउँ पुगेकी थिइन् । ‘गाडी चलाउँदा कहिल्यै दुर्घटना भएन,’ उनले अतीत सम्झिन्, ‘बिस्तारै चलाउँथें । त्यतिबेला अहिलेजस्तो बाक्लो गाडी पनि थिएन । र पनि, ध्यान दिएर चलाउँथें ।’

रामदेवी श्रेष्ठले गाडी चलाएको देखेर राजा महेन्द्र त्यत्तिकै खुसी थिए । उनले सुनाइन्, ‘खुसी भएपछि महेन्द्र सरकारले गाडी बकस दिइबक्सेको थियो ।’ दरबारमा रहँदा महेन्द्र रिसाएको कहिल्यै नदेखेको उनले सुनाइन् । श्रेष्ठको निजी गाडीसमेत थियो । ठहिँटी–नघल क्वाँडोनिवासी उनी वीरेन्द्र सरकारको दुहली खोज्न राजाको गाडी चलाएर थुप्रै ठाउँ पुगेकी थिइन् । उनले राजा महेन्द्रलगायत दरबारियालाई गाडीमा दक्षिणकाली र मनकामनासम्म पुर्याएकी थिइन् ।

संवत् १९७५ माघकी उनले राजाको गाडी चलाउने भएकाले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन पाइनन् । उनले भनिन्, ‘लाइसेन्स दिने अड्डाका कर्मचारीले राजाको गाडी चलाउनेलाई लाइसेन्स किन चाहियो ? आनन्दले चलाउनूस् भनेर फर्काइदिए ।’ 

लाइसेन्सविना राजाको गाडी चलाउने उनले काठमाडौं लैनचौरको गल्कोपाखामा दुई महिना गाडी चलाउन सिकेकी थिइन् । उनका श्रीमान् कृष्णदास श्रेष्ठले पनि राजा महेन्द्रको गाडी चलाएका थिए ।

राजा महेन्द्रको ०२८ मा निधन भयो । राजा महेन्द्र र श्रीमान् कृष्णदासको निधनपछि उनी दरबार कहिल्यै फर्किनन् । दरबारमै रहँदा राजा वीरेन्द्रले दरबारको कुरा बाहिर कसैलाई नभन्नू है भनेका थिए । वचनका पक्का उनले त्यसै गरिन् । दरबारका कुरा कहिल्यै कसैलाई सुनाइनन् । 

रामदेवीको ठहिँटीमा पाँचतले घर थियो । भतिजोले छलकपट गरेर बेचिदिए । घर नौ लाखमा बेचे पनि उनलाई एक लाख रुपैयाँमात्रै थमाइयो । घर बेचेपछि उनको बस्ने टुंगो भएन । निःसन्तान उनी बिचल्लीमा परिन् । बिचल्लीमा परेको देखेर उनलाई कसैले दिलशोभा श्रेष्ठद्वारा सञ्चालित आमाघर पुर्याइदिएका थिए । रातोपाटीमा प्रकाशित फिचर स्टोरी  । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement