भदौ १, रसुवा । रसुवामा पहिलो पटक प्रमुख जिल्ला अधिकारी (सिडिओ) महिला भएकी छिन् । रसुवामा ३६ औँ सिडियोको रुपमा बुधबार हिरादेवी पौडेल आएकी हुन्। उनले बुधबारदेखि नै कार्यभार सम्हालेकी छिन्।
यसअघि गृहमन्त्रालय कार्यरत पौडेललाई गत बुधबार गृह मन्त्रालयले रसुवाको सिडियोको रुपमा सरुवा गरेको हो । यसभन्दा अगाडि जिल्लामा कार्यरत प्रजिअ चोमेन्द्र न्यौपाने गृह मन्त्रालय सरुवा भएका छन्। रसुवामा सहायक प्रमुख जिल्ला अधिकारी स्मीता पौडेल छिन् भने प्रमुख जिल्ला अधिकारीमा महिलाको आगमनसँगै जिल्लाको प्रशासनिक नेतृत्व पूर्ण रुपमा महिलाका काँधमा पुगेको छ।