मंसिर २८, काठमाडौं । नेपालकी मेनुका पौडेलद्वारा स्वरबद्ध भारतीय फिल्म ‘सलार’मा समावेश गीत युट्युवमा सार्वजनिक भएको छ । निर्माता कम्पनी हम्बेल पिक्चर्सले ‘सुरज ही चाहो बन्के..’ बोलको हिन्दी गीत रिलिज गरेको हो ।
यो गीतसँगै औपचारिकरुपमा मेनुकाले भारतीय फिल्मको पाश्र्वगायनमा डेब्यु गरेकी छन् । पौडेलले केही दिनअघि यो गीत रेकर्ड गरेकी थिइन् ।लिरिकल शैलीमा तयार पारिएको गीतमा प्रभास र पृथ्वीराज सुकुमारणलाई चित्रण गरिएको छ ।गीतसँगै फिल्मको कथावाचन गरिएको छ । गीत सुन्दा मर्मस्पर्शी लाग्छ । गीतलाई रवि बसरुरले संगीतबद्ध गरेका हुन् भने रिया मुखर्जीको शब्द रचना छ ।
यो फिल्म डिसेम्बर २२ मा समेत प्रदर्शन तयारीमा छ ।यसको नाम सलार स् पार्ट वन सिसफायर’ राखिएको छ ।