Advertisement
Advertisement
Advertisement
Advertisement

मिस नेपाल २०१७ को आवेदन खुल्यो

  |      14:40:00   |  
मिस नेपाल २०१७ को आवेदन  खुल्यो

काठमाडौं। नेपालको सबैभन्दा जेठो र प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपाल प्रतियोगिताको २०१७को संस्करणका लागि आयोजक संस्था द हिडेन ट्रेजरले आधिकारिक रुपमा आवेदन खुल्ला गरेको छ । राजधानीको होटल अन्नपूर्णमा आयोजित एक कार्यक्रमका वीच मिस नेपाल प्रतियोगिताको २२औं संस्करणका रुपमा द हिडेन ट्रेजर मिस नेपाल २०१७को विधिवत् आरम्भ भएको जानकारी गराइएको हो । मिस नेपाल प्रतियोगितामा सहभागि हुन इच्छुक युवती १९ देखि २५ वर्ष उमेर समूहको हुनुपर्ने, शारारिक ऊचाई कम्तीमा पाँच फिट चार इन्च हुनुपर्ने, दश जोड दुई वा सो सरहको अध्ययन पूरा गरेको हुनुपर्ने, नेपाली नागरिक भई नेपाली पासपोर्ट धनी हुनुपर्ने, अविवाहित हुनुपर्ने मुख्य माण्डदण्ड तोकिएको छ । यी मापदण्ड पूरा भएका एनआरएन युवतीले पनि मिस नेपाल प्रतियोगिताका लागि आफ्नो आवेदन दिन सक्नेछन् । 

 

देशका मुख्य शहरहरु विराटनगर, पोखरा, चितवन, धरान, नेपालगंज, बुटवल र धनगढी हुादै अप्रिल महिनाको दोस्रो सातातिर राजधानी शहरमा आवेदन दिएकाहरुको अडिसन प्रक्रिया संचालन गरिने आयोजक संस्थाले जनाएको छ । अडिसनबाट चयन भएका फाइनलिष्टहरु ६ साता लामो प्रशिक्षणमा सहभागि हुने बताइएको छ । जसमा मुख्य प्रशिक्षकका रुपमा कोरियोग्राफर रचना गुरुङ शर्मा रहनेछन् । राजभाई सुवाल अफिसियल फोटोग्राफर रहने मिस नेपाल २०१७का लागि वुमेन्स प्लानेट र आकर्षण बुटिक वार्डरोब डिजाइनर रहेनछन् भने रिभिल टिम मेकअप तथा हेयरको जिम्मेवार हुनेछ भने शान्ति युनिसेक्स सलुनको सहकार्य रहनेछ । सहभागिहरुको फिटनेसको ध्यान जस्मिन फिटनेस एण्ड स्पाले लिनेछ भने यस पटकका विजेता सुन्दरीहरुको ताज तथा ज्वेलरी डिजाइन आर.बी. डायमण्ड ज्वेलर्सले गर्ने तय भएको छ । 

 

यस पटक आउँदो जून २ तारिखमा राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा संचालन हुने मिस नेपाल २०१७ को ग्राण्ड फिनालेबाट मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेसनल लगायत मिस नेपाल एशिया प्यासेफिक इन्टरनेसनलका रुपमा विजेताहरु चयन हुनेछन् । उनीहरुले क्रमश: २०१७ को मिस वल्र्ड, मिस अर्थ, मिस इन्टरनेसनल तथा मिस एशिया प्यासेफिक इन्टरनेसनलको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता जनाउनेछन् । यस बाहेक प्रतियोगितामा ट्यालेन्ट, मोस्ट इन्टेलेक्चुयल, फ्रेन्डशीप, वेष्ट हेयर, मिस फ्यासिनो, कन्फिडेन्ट, फोटोजेनिक आदि विधामा पनि विजेता गरिनेछ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement