Advertisement
Advertisement
Advertisement
Advertisement

मिस विश्वकर्मा इन्टरनेशनलुको फाइनलमा ८ सुन्दरी छानिए

  |      22:31:00   |  
विश्वकर्मा समुदायका युवतीहरु
विश्वकर्मा समुदायका युवतीहरु

काठमाडौं । विश्वकर्मा समुदायका युवतीहरुको प्रतिभा प्रष्फुटन गर्ने उद्घेश्यले आयोजना गर्न लागिएको मिस विश्वकर्मा इन्टरनेशनलुको फाइनलका लागी ८ सुन्दरी छानिएका छन् । गएको बिहिबार राजधानीमा भएको सेमिफाइनलमा जम्मा १७ प्रतियोगीतबाट ८ जना प्रतियोगी छानिएका हुन् । फाईनल यहि आउदो ८ सेप्टेम्बरमा कतारमा हुने आयोजकले जनाएको छ । 


जजहरुबाट सोधिएको प्रश्नमा उत्कृष्ट उत्तर दिनेहरु मध्येबाट जम्मा ८ प्रतियोगी छानिएका हुन् । छानिनेमा निलम गज्मेर, सुजता खाती, सोनु बिश्वकर्मा, सुशिला लाम्घारे, पुष्पा राम्धाम, रुस्मा पर्टेल, मनिषा गज्मेर र सिर्जना बिश्वकर्मा रहेका छन् । जज्हरुमा मिस नेपाल २००५ कि सुगारिका केसी, संगीतकार राम सिटौला, नायिका, सुवेक्छा थापा, मोडल, दिवस उप्रेती, अन्तराष्ट्र्रिय मोडल, दिपक घिमिरे, मिडियाकर्मी, सिरोमणी दवाडी र कृष्ण भट्टराई रहेका थिए । 


आयोजक संस्था मोनाली इन्टरटेन्मेन्टकाका अध्यक्ष दिपक बराइलीले दिएको जानाकारी अनुसार नेपालबाट ६ सेप्टेम्बरमा आयोजक तथा प्रतियोगीत टिम गरी जम्मा ३० जनाको टिम कतार प्रस्थान गर्नेछ । साथै कतारको सनैयामा हुने गइरहेको यो प्रतियोगीता भब्य र सब्य तरिकाले सम्पन्न हुने बराइलीले जानकारी दिए । 
 

आयोजकको तर्फबाट सुरु सुनारले पनि अन्तराष्ट्रियस्तरमै पहिलो पटक हुन गइरहेको यो प्रतियोगीता भब्य र सब्य हुने बताइन् । साथै उनले विश्वकर्मा समुदायका युवतीहरुमा भएका प्रतिभा नेपाल मात्र नभएर नेपाल बाहिरसम्म पुर्याउने आफुहरुको लक्ष्य रहेको बताइन् । कार्यक्रमको उद्घाटन  नेपाल सरकारका वाणिज्य मन्त्री मीन बहादुर बिश्वकर्माले गरेका थिए । 


प्रतियोगीताको पहिलो अडिशन मोरङको पथरी शनिश्चरे, र अन्य अडिशन काठमाडौंमा भएको थियो । साथै काठमाडौंमा गएको साता ट्यालेन्ट राउण्डपनि सम्पन्न भइसकेको छ । 


मिस विश्वकर्मा इन्टरनेशनलको विजेतालाई टिभिएसको स्कुटर प्रदान गरिनुको साथै एअर होस्टेजको प्रशिक्षण निःशुल्क दिइनेछ र सौर्य एअर लायन्समा जागिरको ग्यारेन्टी रहनेछ । साथै, मोनाली इन्टरटेन्मेन्टले निर्माण गर्ने फिल्ममा अवसर दिइने र शिक्षामा ५० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिने बताइएको छ । सेकेन्ड रनरलाई ५० हजार र थर्ड रनरलाई ४० हजार नगदसहित अन्य अवसर रहेको आयोजकले जनाएको छ । प्रतियोगितालाई बिजु श्रेष्ठ, बराह ज्वलर्स र आईएमईले मुख्य प्रायोजन गरेको छ । रातोपाटीमा प्रकाशित 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement