पुस २६, काठमाडौं ।संसद्को शिक्षा समिति बैठकमा बोल्दै राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रलाई मोरल एजुकेसन किन हटाइएको भन्दै प्रश्न गरेकी हुन्।मान्छेलाई नैतिक बनाउन नैतिक शिक्षा निकै महत्त्वपूर्ण छ भनेकी छन् ।
मान्छेलाई नैतिक बनाउन त्यो नैतिक शिक्षा निकै महत्त्वपूर्ण छ। यो किन हटाइयो ? फेरि राख्न खोजिएको छ कि नाइँ ?’ उनले प्रश्न गरिन्।
सरकारी र निजी विद्यालयमा एउटै खालको पाठ्यक्रम किन लागू हुन नसकेको भन्दै उनले प्रश्न गरिन्। विद्यार्थी आफैँमा शिक्षक, नर्स, डाक्टर भएको भन्दै योबारे समेत शिक्षा दिनुपर्ने बताइन्। बच्चालाई सानै उमेरमा ट्राफिक शिक्षाका बारेमा जानकारी दिनुपर्ने भन्दै त्यो पाठ्यक्रममा नै समावेश गर्नुपर्नेमा जोड दिइन। सानै उमेरमा बच्चाहरूलाई अपाङ्गताका कुरा, नैतिक शिक्षाबारे अति आवश्यक रहेको उनको भनाइ छ।
कक्षा १० पास गरिसकेपछि विद्यार्थीहरूलाई स्वदेशमै भविष्य छ भन्ने विश्वास दिलाउन सक्नुपर्ने उनको भनाइ थियो । सांसद सरिता भुसालले अहिलेको शिक्षा प्रणालीले कस्ता नागरिक उत्पादन भइरहेको भन्दै प्रश्न गरिन। बच्चालाई सकारात्मक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिँदै उनले बालबालिकाहरूलाई विदेश जान रोक्ने खालको पाठ्यक्रमको विकास गर्नुपर्ने बताइन्।