Advertisement
Advertisement
Advertisement
Advertisement

महिला हिंसाविरुद्धको अभियान कोठाभित्र होइन, सडकमा लैजानुपर्ने मन्त्री रेग्मीको प्रतिक्रिया

  |      18:44:00   |  
Web Image
Web Image

मसिर २५, काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला हिंसा विरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्ने बताएकी छन् । आइतबार नेपाल प्रेस युनियनले आयोजना गरेको 'कार्यस्थलमा हुने लैंगिक हिंसा र न्यूनिकरणका उपाय विषयक अन्तरक्रियामा 'मन्त्री रेग्मीले यस्तो प्रतिक्रिया दिइन् ।

अभियानको रुपमा बन्द कोठाभित्र कार्यक्रम गर्दा प्रभावकारी हुन नसकेको भन्दै उनले समाजलाई महिला हिंसाको सम्बन्धमा सचेत गराउन सडक र गाउँगाउँमा अभियान लिएर जानुपर्ने बताइन् । उनले महिला हिंसा गाउँघरमा मात्रै नभई सहरी क्षेत्रमा पनि उत्तिकै भएको पनि बताएकी थिइन् । मन्त्री रेग्मीले समाजलाई सचेत नगराइ महिला हिंसाको अन्त्य नहुने पनि तर्क गरेकी थिइन् ।

‘यो समाजलाई सचेत नगरी महिला हिंसाको अन्त्य सरकारले गरेर मात्रै पनि भएन । समाजलाई पूरै सचेत गराउन अभियान गर्नुर्‍यो । अब कार्यक्रम होइन । महिला हिंसाविरुद्धको कार्यक्रम कोठाभित्र होइन अभियानको रुपमा लैजानुर्‍यो । सहरी क्षेत्रमा पनि छ महिला हिंसा । जति पढेलेखेको भए पनि हिंसा भएकै छ । त्यसैले दूरदराजको कुरा मात्रै होइन । जान्नेसुन्ने उच्च ओहोदाका मान्छे भएको ठाउँमा पनि हिंसा भएकै छ । हामीले अब अभियानको रुपमा सडकमा गर्ने हो कार्यक्रम । अब कोठाभित्र कार्यक्रम गरेर हुँदैन । सडकमा हिंसा विरुद्धको अभियानको रुपमा सडक नाटक होस् । कानुन हुँदाहुँदै पनि अपराधीले हातमा कानुन लिएर अपराध गरिरहेको छ । त्यसैले हामी सबै सचेत हौँ । समाजलाई सचेत नगराइकन यो हिंसा अन्त्य हुँदैन । राजनीतिक दलले अभियानको रुपमा लिनैपर्छ । घोषणापत्रमा मात्रै लेखेर पुग्दैन । अभियानको रुपमा राजनीतिक दलले यो समस्यालाई लिएको खण्डमा मात्रै न्यूनिकरण हुनसक्छ,’ मन्त्री रेग्मीले भनिन् ।

मन्त्री रेग्मीले महिला हिंसा महिलाको मात्र समस्या नभई समाज, राजनीतिक दल र सिङ्गो राष्ट्रको समस्या भएको भन्दै चिन्ता व्यक्त गरेकी थिइन् । घर, राजनीतिक दल र राज्यसत्ता सबैतिर महिला हिंसा हुने गरेको उनको भनाइ थियो । साथै महिला हिंसाको समस्या समाधानका लागि सबैले सामूहिक प्रयास गर्नुपर्नेमा उनले जोड दिइन् ।

हिंसा अन्त्य गर्ने मोडालिटीमा नै परिवर्तन गर्नुपर्ने पनि उनको तर्क थियो । हिंसाको जरो घरभित्रै रहेको र घरभित्रै महिला सुरक्षित नरहेको भन्दै यो समस्या महिलाले मात्र समाधान गर्न नसक्ने उनले बताइन् । 'राज्यले मात्रै पनि समस्या समाधान गर्न सक्दैन । सबै सरोकारवाला घरभित्र चुल्हो चौकोदेखि समाजसम्म । नागरिक समाजदेखि राजनीतिक दलसम्म, राज्यसत्तासम्म, सरकारसम्म सबै लाग्न सक्यौं भने मात्र महिला हिंसा अन्त्य हुन्छ,’ उनले भनिन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement