Advertisement
Advertisement
Advertisement
Advertisement

महिला उम्मेदवारलाई मिडियाको साथ आवश्यकः रन्जुकुमारी झा

  |      11:15:00   |  
तस्विर : महिला खबर
तस्विर : महिला खबर

काठमाडौं । व्यवस्थापिका संसदको महिला बालबालिका तथा समाजकल्याण समितिका सभापति रन्जुकुमारी झाले आसन्न स्थानीय निर्वाचनमा अपेक्षित लक्ष्य हासिल गर्न महिला उम्मेदवारलाई मिडियाको साथ आवश्यक भएको बताउनुभएको छ ।

 

आइतबार काठमाडौंमा आयोजित ‘स्थानीय तहको निर्वाचनमा महिला सहभागिताका लागि सञ्चार माध्यमको भूमिका’ नामक अन्तर्क्रिया कार्यक्रममा बोल्दै सभापति झाले महिलालाई चुनाव लड्न निकै मुश्किल भएकोले उनीहरुलाई अगाडि ल्याउन ठूलो भूमिका खेल्ने बताउनुभयो । ०५४ मा भएको निर्वाचनको अनुभव सुनाउँदै झाले मिडियाले सहयोग गरेकै कारण त्यतिबेला चुनाव हारेपनि जिल्लामा आफ्नो राम्रो छवि बनेको बताउनुभयो ।

 

सभापति झाले अहिले महिला उम्मेदवार मिडियामा खुल्न चाहेपनि धेरै मिडिया इमान्दार नभएकोले अगाडि आउन नसकेको बताउनुभयो । ‘मिडिया इमान्दार छैन, आचारसंहिताभित्र छैन । यसैले महिला मिडियाबाट टाढा छन् । पुरुष नेतालाई जसरी मिडियाले महत्व दिन्छन्, महिलालाई दिँदैनन्’, उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रेस काउन्सीलका सदस्य शुभेच्छा बिन्दुले पत्रकारको सामाजिक दायित्व, मिडियाको वस्तुस्थिती र महिला नेताको मिडियामा कम पहुँच हुनुको कारणबारे कार्यप्रत्र प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा उहाँले गत वैशाख १ गतेदेखि प्रेस काउन्सीलले मिडिया अनुगमन सुरु गरिसकेको र आचारसंहिता विपरित काम गरेको पाइएमा पत्रकार तथा मिडियालाई तुरुन्त कारबाही गरिने जानकारी दिनुभयो ।


नेकपा एमालेका महासचिव ईश्वर पोख्रेल समक्ष स्थानीय निकायमा ४० ५ र राज्यको हरेक संरचनामा ३३ ५ महिला सहभागिता सुनिश्चित गर्न ज्ञापन पत्र बुझाउँदै अधिकारकर्मीहरु ।

 

स्थानीय निर्वाचनमा महिला सहभागिताको लागि साझा अभियानले आयोजना गरेको सो कार्यक्रममा विभिन्न राजनीतिक दलका महिला नेता, अधिकारकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाली काँग्रेसका महासचिव धना खतिवडा, नेकपा एमालेका केन्द्रय सदस्य सावित्रा भुसाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका महिला संघ उपाध्यक्ष पवित्रा सुब्बा श्रेष्ठ, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शशि श्रेष्ठ तथा नेता अनिता परियार, संघीय समाजवादी फोरम महिला संघ अध्यक्ष निर्मला यादव, अखिल नेपाल प्रगतिशिल महिला संघका उपाध्यक्ष जनक चालिसे लगायतका नेताले मिडियाबारे आफ्ना धारणा राख्नुभएको थियो ।

 

महिला नेताहरुले मिडियामा आफ्नो पहुँच नभएको, मिडियामा महिला उम्मेदवारबारे धेरैजसो नकरात्मक कुरा आइरहेको, स्थानीय तवरमा महिला नेताले गरेका कामको प्रचार नभएको, पुरुष नेतालाई मात्र महत्व दिने परिपाटी भएको लगायतका समस्या भइरहेकोले महिला नेतालाई खुलेर आउन मुश्किल परेको र अब मिडियाले नै महिला नेतालाई खोज्नुपर्ने बताएका थिए ।

 

यसैबिच, साझा अभियानले आज नेपाली कांग्रेसका  सभापति शेरबहादुर देउवा  र एमालेका महासचिव इश्वर पोखरेल समक्ष स्थानीय निकायमा  ४०५ र राज्यको हरेक संरचनामा ३३५ महिला सहभागिता सुनिश्चित गर्न माग गर्दै ज्ञापन पत्र  बुझाएको छ । महिला खबरमा प्रकाशित ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement