काठमाडौं । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले १०७ औं अन्तराष्ट्रिय महिला दिवस मनाउने तयारी गरेको छ । मन्त्रालयका अनुसार यो वर्ष ‘महिला सम्मानको आधार: सीपयुक्त हात र स्वरोजगार’ भन्ने मूल नाराका साथ दिवस मनाइने कार्यक्रम रहेको छ ।
मन्त्रालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो दिन विभिन्न कार्यक्रमको आयोजना गरिने जानकारी दिएको छ । सो अवसरमा पेशागत पोशाक सहित भुकुटीमण्डप, शहिदगेट, रत्नपार्क हुँदै शान्तिवाटिका सम्म र्याली समेत निकालिने कार्यक्रम रहेको छ ।
हरेक वर्ष अंग्रेजी महिनाको मार्च ८ मा श्रमिक महिलाको सम्मानमा विश्वभर महिला दिवस मनाइन्छ । यो दिनलाई महिलाको हक अधिकारका साथै राजनैतिक, सामाजिक, आर्थिक र साँस्कृतिक विकासको आवाज उठाउने दिनको रुपमा पनि स्मरण गरिन्छ ।