►कुमारी वाइवा
फागुन २१, काठमाडौं । नेपाली समाजमा पुरुषको तुलनामा महिला पछाडि रहेको तितो यथार्थ हो । तर, यसको कारण के ? साँझ बिहान, चिया पसल होस या चौतारा अझ आजभोलि त सामाजिक सञ्जालमा सुनिन्छ देखिन्छ महिला पछाडि पर्नुका चर्का बहस । महिला किन पछाडि परेका छन् ?
अधिकांशसँग तयारी जवाफ हुन्छ, ‘गरिबी, अशिक्षा, पैसाको अभाव, आफै अघि नसकर्ने इत्यादी‘ ।’
साँच्चिकै यीनै कारण हुन् त महिलाको अघि सर्ने बाधक ?आफूले स्वयं विश्लेषण कति गरेका छौं ? म त यीभन्दा अझ बढी लुकेका कारणहरु भेट्छु । हिजोआज चर्चाको अर्को विषय पनि छ । संविधान, कानूनले अधिकारै अधिकार दिँदा पनि के को पछाडि ? अगाडि आउन कसले रोकेको छ र? हुन त देशको मूल कानून संविधानले नै महिलालाई प्रसस्तै अधिकार पक्कै दिएको छ ।
बुँदागत रुपमै हेरौं न अधिकारको लिष्ट कति लामो छ :
- आमाको नामबाट नागरिकता प्राप्त गर्न सक्ने । (तर, बाबुको पहिचान अनिवार्य)
-राज्यको संरचनामा समानतामा आधारित समतामुलक समाज, समवेशी प्रतिनिधित्व र पहिचानको संरक्षण गर्ने ।
-समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था, राष्ट्रिय महिला आयोग संवैधानिक निकायको रुपमा रहने र सो का अध्यक्ष र सदस्यहरु महिला मात्र रहने ।
-संवैधानिक अंग र निकायमा नियुक्ति गर्दा समावेशी सिद्धान्त बमोजिम गर्ने ।
- नेपाली राजदुत र विशेष प्रतिनिधि समावेशी सिद्धान्तको आधारमा नियुक्त गरिने
- सबै सरकारी सेवामा पदपूर्ति गर्दा खुला र समानुपातिक समावेशी सिद्धान्तको आधारमा गर्ने,
- सामाजिक वा साँस्कृतिक दृष्टिले पिछडिएका महिला लगायत नागरिकको संरक्षण, सशक्तिकरण वा विकासका लागि कानून बमोजिम विशेष व्यवस्था गरिने।
संविधानमा उल्लेखित सामाजिक न्याय र समावेशीकरण सम्बन्धी नीति :
- असहाय अवस्थामा रहेका एकल महिलालाई सीप, क्षमता र योग्यताको आधारमा रोजगारीमा प्राथमिकता दिँदै जीविकोपार्जनका लागि समुचित व्यवस्था गर्दै जाने,
- जोखिममा परेका, सामाजिक र पारिवारिक बहिष्करणमा परेका तथा हिंसा पीडित महिलालाई पुनःस्थापना, संरक्षण, सशक्तिकरण गरी स्वावलम्बी बनाउने,
-प्रजनन् अवस्थामा आवश्यक सेवा सुविधा उपभोगको सुनिश्चितता गर्ने, बालबच्चाको पालनपोषण, परिवारको हेरचाह जस्ता काम र योगदानलाई आर्थिक रूपमा मूल्यांकन गर्ने ।
माथि उल्लेखित संवैधानिक व्यवस्था कानून मार्फत कार्यान्वयन हुँदै छन् । अब विश्लेषण गरौं, महिला अगाडि बढ्न व्यवहारिक पाटो पनि महिलाको उत्तिकै सहयोगी छ त ?प्राकृतिक भूमिका हेर्दा लिंगकै आधारमा पनि थप जिम्मेवारी महिलाका छन् । पुरुषका पनि जिम्मेवारी नभएका होइनन् । जिम्मेवारी निभाउन को कति संवेदनशिल छ भन्ने प्रमुख पक्ष हो ।
हाम्रो सामाजिक संस्कार हेरौं, विवाह पछि महिला श्रीमानको घर जान्छिन् । आफूले युवावस्थासम्म बिताएको घर चटक्कै छाडेर । नयाँ घरमा पुगेपछि उनले शुन्यबाट आफ्नो उपस्थिती र भूमिका निभाउन थाल्नुपर्छ ।त्यसपछि परिवारको भातभान्छा, सरसफाइ, खेतीपाती महिलाको काँधमा स्वतः सर्छ । त्यतिमात्र कहाँ विवाह पछि महिलाको वैयक्ति वृत्ति विकासका बाटाहरु विस्तारै साँघुरिन थाल्छ।
करिअर निर्माणको सपना अधुरै पनि रहनसक्ने अवस्था आउँछ । सन्तानको जन्मपछि यसको लालनपालन, स्याहार, स्तनापन गराउँदैमा करिअर निर्माण गर्ने एउटा महत्वपूर्ण समय उनले गुमाएकी हुन्छे ।धेरै ठूलो कुरा छोडौं । अध्ययन गरिरहेका महिलाको सन्तान जन्मिएपछि उनको पढाइ कसरी अघि बढ्छ रु सवाल पनि उठ्ला, वास्तवमै महिलाको आफ्नो वास्तविकताले महिला पछाडी भने परेका हुन् ।
घर परिवारले त पढ्न जानु, काम गर्न जानु, अगाडी बढ्नु भनेकै हुन्छन् । तर, त्यतिबेला उनीहरुले भन्छन् कि भन्दैनन्, ‘तिमी नहुँदा सन्तान हेर्ने जिम्मा मेरो भयोश्रीमानले भन्छन् कि भन्दैनन्, ‘तिमी अबेरसम्म पढ, म छोराछोरी सुताउँछु।’अनि कामै गर्न जाने महिलाले स्तनपानका समयमा रेखदेख गर्न बालबालिका हेर्ने केयर सेन्टरको व्यवस्था कार्यालयले गर्छ गर्दैन रुयी सबै व्यवस्था भए त सही । नभए महिला किन पछाडि रु भन्ने प्रश्नको जवाफ यीनै सवालबाट आउँदैन ?
अब मसिनोगरी विश्लेषण गरौं महिला पछाडि पर्ने वा पारिने कारण रेडिमेड, ‘गरिबी, अशिक्षा, आफै अघि नबढेर‘। हो कि महिलाका वरिपरि रहेका व्यक्तिको सहयोग, साथ नपाएर ? अनि उनलाई हेर्ने नजरमा बदलाब नआएर ?
स्रोत: महिला खबर