Advertisement
Advertisement
Advertisement
Advertisement

महिलाका लागि सेयर बजार सही थलो बन्दै

  |      00:00:00   |  
महिलाका लागि सेयर बजार सही थलो बन्दै

काठमाडौं। बीकम पढ्दापढ्दै विवाह भयो । जेनतेन बीकम पूरा त गरिन् तर त्यसभन्दा अगाडि बढाउन सकिनन् । काठमाडौं बागबजारकी बिनु श्रेष्ठलाई घरधन्दा गर्दागर्दै र छोराछोरी स्याहार्दास्याहार्दै उमेर पत्तै भएन । न लोकसेवा लड्ने मौका पाइन्, न त जागिरका लागि सर्टिफिकेट बोकेर हिँड्न सकिन् । दिनभर टीभी हेरेर वा घरधन्दा गरेर घरभित्रै बस्दाबस्दा दिक्क थिइन् । तर अचेल उनको दैनिकी फेरिएको छ । उनी घरमा होइन प्रायः ब्रोकर कम्पनीमा भेटिन थालेकी छन् । पहिले घरमै हुने साथीहरूसँगको जमघट पनि घरबाहिर नै हुन थालेको छ ।

अचेल उनको दैनिकी फेरिएको छ । बिहान ११ बजे ब्रोकर कम्पनी पुगिसकेकी हुन्छिन् । ब्रोकर कम्पनीमा दैनिक प्रायः चार घन्टा समय बिताउँछिन् । घरधन्दामा बित्ने उनको समय अहिले कम्पनीबारे बुझ्ने र राम्रा कम्पनीको थोरै कित्ता भए पनि सेयर किन्ने र अवसर हेरेर बिक्री गर्नेमा बित्ने गरेको छ । दिनभरि घरमै टीभी हेरेर समय बिताउने बिनुलाई अहिले त्यति फुर्सद छैन । साथीहरूसँग पनि सेयरबजार अनि आफूले गरेको लगानी र त्यसबाट भएको फाइदाबारे गफ हुने गरेको छ ।

बिनुलाई सुरुसुरुमा ब्रोकर कम्पनीमा जान अप्ठेरो लागेको सम्झिन्छिन् । लजाइलजाई कुनामा गएर बजार बुझ्थिन् उनी । बिस्तारै बानी पर्दै गयो । अचेल न अप्ठ्यारो महसुस हुन्छ, न त दिन गएको पत्तो हुन्छ । दुई वर्ष पुग्यो सेयर बजार जान थालेको पनि । बीचमा बजार ओरालो लाग्दा उनी अझ बढी उत्साहित थिइन् । सेयर बजारका जानकारहरूले उनलाई बताएका थिए( घाम ताप्दा सेयर किन्ने र पानी पर्दा बिक्री गर्ने हो । यसपालि त सेयर बजारमा अपत्यारिलो किसिमले उतारचढाव देखियो । उनले बजार ओर्लंदा खरिद गरेको सेयर धमाधम बिक्री गर्न थालेकी थिइन् ।

बिनुको जस्तै मीनाकुमारी श्रेष्ठ पनि अचेल सेयर बजारमा सक्रिय छिन् । नेपाल बैंकको जागिरबाट ३० वर्षमा अवकाश लिएकी मीनाकुमारी सेयर बजार खुल्ने दिनको अधिकांश समय ब्रोकर कम्पनीमा बित्ने गरेको छ । बजार हेरेर लगानी गर्ने उनको दिनप्रतिदिन लगानी बढ्दै गइरहेको छ । श्रीमान् प्रितम कर्माचार्य व्यस्त भएकाले आफैंले सेयर बजारको कारोबार समालेको बताउँछिन् मीनाकुमारी ।

प्रहरीको जागिरबाट अवकाश पाएपछि बिना केसी पनि सेयर बजारमा दिनचर्या बिताउन थालेकी छन् । धेरै समय छुट्ट्याउनु नपर्ने भएकाले यता लागेको बताउने बिनाले चिनजानपछि आफ्नो अनुपस्थितिमा पनि अर्डरको भरमा सेयर किनबेच गर्न सक्ने सम्बन्ध निर्माण गरिसकेकी छन् । अवकाश जीवन सामाजिक कार्यमा दिन बिते पनि सातामा तीनपटक ब्रोकर कम्पनी पुग्ने गरेको उनले सुनाइन् । ‘घरपरिवारको कारण काम गर्न नपाएका महिलाका लागि सेयर बजार सही थलो बन्न सक्छ । आम्दानीको बलियो स्रोत भएर पनि सेयर बजारमा धेरै समय खर्चिनु पर्दैन ।
 

कम समय दिए पनि पुग्ने र घरमै बसेर पनि सहभागी हुनसक्ने भएकाले गृहिणी र अन्य कामकाजी महिलालाई सेयर बजार आम्दानीको स्रोत भइरहेको छ । सेयर बजारमा महिला उपस्थिति बढ्दोछ ।

केही लगानी गर्न सके रोजगारीबाट जस्तै सेयर बजारबाट राम्रै आम्दानी गर्न सकिने बिनाले सुनाइन् । निजी विद्यालयमा अध्यापन गर्दागर्दै निता पौडेल ०५७ सालमा सेयर बजारमा छिर्दा महिला नगन्य थिए । ब्रोकर नम्बर ३ अरुण सेक्युरिटीमा म्यानेजरका रूपमा प्रवेश गरेकी निता कर्मचारीका रूपमा एकजना मात्र महिला थिइन् । बजारमा त नगन्य नै थियो महिलाको उपस्थिति । सुरुसुरुमा काम गर्न अप्ठ्यारो भए पनि बिस्तारै आफैंलाई विकास गर्दै गइन् उनले । २०६४ सालमा त अन्नपूर्ण सेक्युरिटीकी अध्यक्ष नै बनिन् । अहिले उक्त सेक्युरिटीको नाम फेरिएर थ्राइभ ब्रोकरेज हाउस बनेको छ ।

यी प्रतिनिधि महिलाले सेयर बजारमा महिलाको संख्या उल्लेख्य रूपमा बढ्दै गइरहेको देखाउँछ । कर्मचारीकै रूपमा पनि महिलाको सहभागिता बढ्दो छ । ‘म सेयर बजारमा प्रवेश गर्दा महिलाको सहभागिता छँदै थिएनु, निता भन्छिन्, ‘एकदुईजना मात्र महिला थिए ।ु तर अहिले समय परिवर्तन भएको छ । सेयर बजारमा महिलाको सहभागिता बढ्दो छ । यसबाट आयआर्जन पनि राम्रै हुने र समय पनि त्यति खर्च गर्न नपर्ने हुनाले महिला सहभागिता बढ्दै गएको हो ।
 
दुई दाजुभाइ र बुबाले सेयर व्यवसाय गर्न सघाइरहेको बताउँछिन् निता । आफ्नो कम्पनीले काठमाडौंमा मात्र नभएर उपत्यकाबाहिर पोखरा पनि शाखा विस्तार गरेर लगानीकर्तालाई सेवा प्रदान गरिरहेको उनको दाबी छ । ‘हामीले महिला कर्मचारीलाई बढी प्रोत्साहन दिएका छौुं, निता भन्छिन् । प्रायः पुरुषको मात्रै बाहुल्य रहेको सेयर बजारमा केही वर्षयता मात्र महिलाको सहभागिता दिनप्रतिदिन बढ्दै गएको हो । तीन वर्ष अघिसम्म पनि सेयरमा महिला सहभागिता फाटफुट थियो । अहिले २० देखि ३० प्रतिशतसम्म महिला सहभागी रहेको आकलन छ । कामकाजी महिलादेखि गृहिणी र विद्यार्थी यो व्यवसायमा आकर्षित भएका छन् । कतिपय महिलाहरू पुँजी बजारसम्बन्धी निजी क्षेत्रबाट दिइने तालिम लिएर बजारमा प्रवेश गर्ने गरेका छन् ।

 

बजारमा सेयर खरिदबिक्रीका लागि महिलाहरू सक्रिय हुँदै गएको ब्रोकर संघका पूर्वअध्यक्ष अन्जनराज पौडेल बताउँछन् । तीन वर्षअघिसम्म श्रीमान्, बुबा र दाजुभाइले श्रीमती, छोरी तथा दिदीबहिनीका नाममा सेयर खरिद गर्ने प्रचलन थियो । तर डेढदुई वर्षयता सेयर बजारमा महिलाहरू प्रत्यक्ष रूपमै सहभागी हुन थालेका छन् । फुर्सदको समयमा गर्न सकिने र घरमै बसेर पनि सेयर किनबेचको अर्डर गर्न सकिने भएकाले विशेषगरी गृहिणी महिलाको सेयर बजारमा अत्यधिक उपस्थिति छ । ‘ठूलो लगानीमा महिलाको सहभागिता कम देखिए पनि साना लगानीमा भने उल्लेख्य उपस्थिति छु, पौडेल भन्छन् ।

घरको कामकाज सिध्याएर फुर्सदको समय कारोबार अवधिभर महिलाहरू ब्रोकर कम्पनीमा आएर बस्ने, कम्पनीहरूको विश्लेषण गर्ने र आफ्नो जानकारी एकअर्कालाई सुनाउने अभ्यास बढ्दै गएको पौडेलले बताए । नेपालमा सेयर बजारमा महिलाको आकर्षण अझ बढाउन काठमाडौंमा मात्र नभई देशका आर्थिक कारोबार बढी हुने प्रमुख सहरहरूमा तालिम तथा जनचेतना जगाउन जरुरी भएको पौडेलको मत छ । नेपालका सहरी क्षेत्रमा बसोबास गर्ने महिलाहरू अवसर हुँदाहुँदै पनि ज्ञानको अभावमा त्यतिकै घरायसी काममा रुमल्लिएर बस्ने गरेका छन् । यस्ता महिलालाई सेयर बजार आत्मनिर्भर बन्ने सहज बाटो हुनसक्ने बताउँछन् पौडेल । ‘निजामतीलगायत अन्य सेवामै महिलाको उपस्थिति न्यून भएको परिस्थितिमा धितोपत्र बजारमा अहिले भएको महिला उपस्थितिलाई सकारात्मक मान्नुपर्छु, पौडेलले भने । यो खबर आजको अन्नपूर्ण पोस्ट्मा छापिएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement