Advertisement
Advertisement
Advertisement
Advertisement

बिग्रेका सवारीसाधन बनाउँदा सुखानुभूति गर्ने ग्यारेज क्विन निरु

  |      22:24:00   |  
Mechanic Niru Pariyar
Mechanic Niru Pariyar

काठमाडौं। झापा चारआलीकी ३४ वर्षीया निरु परियार प्राय:जसो मोटरसाइकलको इन्जिन बनाउँदै गरेको अवस्थामा भेटिन्छिन् । महिलाहरूको आकर्षण बन्न नसकेको  ग्यारेज पेसामा उनी भने मज्जाले रमाइरहेकी हुन्छिन् । ग्यारेजको काम भनेको पुरुषहरूले मात्र गर्ने  हो भन्ने मानसिकता आममानिसहरूमा गहिरो छाप परेका कारण जोकोही पनि निरुलाई देखेर पहिलो पटक अचम्मित नै हुन्छन् । तर निरु परियारले भने यस्ता कुरालाई चिर्दै महिलाहरूले पनि चाहे भने कुनै पनि पेसा अँगालेर जीवन सहज बनाएर जिउन सक्छन् भन्ने गतिलो उदाहरण नेपाली समाजमा पेस गरेकी छिन् । १२ वर्ष भयो उनले ग्यारेजको काम गर्न थालेको ।

 

‘दु:खले मान्छेलाई काम सिकाउँछ । उनी भन्छिन्–वकिल बनेर देशको सेवा गर्ने सोच थियो । तर पढ्दापढ्दै विवाह गर्नुपर्‍यो ।’ त्यसपछि श्रीमान्सँग डेरा गरी बस्दै उनी ग्यारेजको काम नियाल्न सक्ने भइन् । उनका पति पनि मेकानिक हुन् ।  श्रीमानले ग्यारेज आरम्भ गरेपछि उनलाई यो पेसामा काम गर्ने सोच जाग्यो । त्यसपछि उनलाई श्रीमान्ले काम सिकाए।  

 

धेरैले निरुलाई किन यस्तो काम गरेको भने ।  हातभरि चुरा लगाएर बस्ने ज्यान छ किन यस्तो काम गरेको भन्थे । तर विवाह गरेपछि पैसाको अभाव भयो । त्यसपछि अरु मान्छे किन राख्नु म आफै पनि ग्यारेजको काम गर्छु भन्दै आफ्ना पतिलाई आग्रह गरेर ग्यारेजको काममा हात हालेकी निरु जुनसुकै कामपनि राम्ररी गर्न सकिन्छ भन्ने दृढ स्वभावकी छिन् । सुरुमा त ग्यारेजको काम गर्न निरुलाई अप्ठ्यारो भयो । उनी भन्छिन्–‘स्कुटी ठेल्न सक्दिनथें । बिस्तारै काम सिक्दै गएँ । शारीरिक हिसाबले पनि हृष्टपुष्ट देखिने निरुले काम चाँडै सिकिन् । कहिलेकाहीँ ग्यारेजमा श्रीमान् नहुँदा पनि उनी एक्लै सबै काम गर्न पोख्त छिन् ।


पैसा कमाउन महिलाहरुले कुनै पनि पेसा अंगाल्न सक्छन् भन्ने हक्की स्वभावकी निरु धेरैका लागि प्रेरणाकी पात्र बन्न योग्य छिन् । उनी भन्छिन्–‘काम गर्दा अप्ठ्यारो भयो भने मात्र जीवन आनन्द हुन्छ । अप्ठ्यारो भएन भने जीवनको आनन्द थाहा हुँदैन । यसकारण, जीवनमा दु:खलाई आटमा बदल्नुपर्छ र काम गर्नुपर्छ ।

 

ग्यारेजको काम थाल्दा निरुको परिवार डेरामा बस्थ्यो । त्यही ग्यारेजले आज निरुलाई सबथोक दिएको छ । विशेषत, दाम र काम अनी नाम आज उनीसँग छन् । ओर्कसप चलाउन भाडामा लिएको जग्गा अहिले आफैले किनेर ओर्कसप चलाइरहेकी छिन् । बिर्तामोडमा उनका दुईवटा घर छन् । आफ्नै गाडी छ, आफै हाँकेर ग्यारेजमा आउँछिन् । छोराछोरीलाई होस्टेलमा राखेर अध्ययन गराइरहेकी निरु परियारको जीवन अहिले आर्थिक रूपमा निकै सबल छ । फराकिलो सोचकी धनी निरु भन्छिन्–मान्छे मरेर जाँदा साथमा केही नलाने भएपछि बाँच्दा नै केही राम्रो काम गरेर जानुपर्छ । यसकारण, मैले ग्यारेजको काम गरेर महिलाहरुले पनि बाहिरको यस्तो मेशिनरी काममा पनि हात लगाउन सक्छन् भन्ने कुराको उदाहरण बन्न सके ।

 

आफ्नै गाउँठाँउमा अवसर र कमाउने थुप्रै सम्भावना भएको बताउने निरु पैसा कमाउन सके नेपालमै काम र पैसा छ भन्छिन् । विदेश भनेर मरिहत्ते गर्नु पर्दैन् ।  तर काम गर्दा धैर्य र निरन्तरता कायम राखेर अगाडी बढ्न सके पैसा कमाउन सकिने निरुको धारणा छ ।

(बिबिसी नेपालीमा प्रकाशित भिडियो रिपोर्टको सहयोगमा तयार गरेको सामाग्री)


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement