Advertisement
Advertisement
Advertisement
Advertisement

बाढीपछि बढे बिरामी

  |      19:17:00   |  
 बाढीपछि बढे बिरामी

भदौ ६, गौशाला ।   चालिस हजार घर प्रभावित र ८०० भन्दा बढी परिवार विस्थापित हुने गरी महोत्तरीमा आएको भीषण बाढीपछि जिल्लाभरि बिरामीको संख्या बढ्न थालेको छ । 

 

बिरामीको संख्या अत्यधिक
जिल्लाको रातो, जंघा, मरहा, अंकुशी, विग्ही, भब्सीलगायतका नदीमा आएको बाढीले प्रभावित भएका गाउँ बस्तीमा अहिले बाढीपछि बिरामीको संख्या अत्यधिक वृद्धि भएको स्थानीयवासीले बताएका छन् । 

 

बाढीबाट प्रभावित जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका, मटिहानी, गौशाला, सम्सी, रामगोपालपुर, भंगहा, लोहारपट्टी, बलवा, धमौरा, धीरापुर, मनरा, एकडारा, सोनमा, सोनौललगायतका स्थानमा अहिले बिरामीको संख्या ह्वात्तै बढेको छ । 

 

विभिन्न रोगको संक्रमण
ती स्थानमा खानेपानीको मुहान बाढीले बगाएको, ह्याण्ड पाइप, कुवा, इनार र नदीमा बाढीको पानी पसेर सबै पानी दूषित भइसकेको अवस्थामा तीनै मुहानका पानी खान बाध्य तथा चारैतिर बाढीले डुबान गरेको अवस्थामा दिसापिसाब व्यवस्थापन गर्न नसक्दा बाढी प्रभावितको गाउँ बस्तीमा विभिन्न रोगको संक्रमण देखिएको तथा बिरामीको संख्या बढ्दै गएको स्थानीयवासी बताउँछन् । 

 

बिरामीले पाएनन् उपचार 
बाढीको पानी कम भएसँगै बाढी प्रभावित गाउँ बस्तीमा झाडापखाला, डाइरिया, ज्वरो, टाइफाइड, रुघाखोकीलगायतका बिरामी बढ्न थालेको बताउँदै जिल्ला स्वास्थ्य कार्यालय, महोत्तरीका प्रमुख डा नागेन्द्र यादवले प्रभावित क्षेत्रमा स्वास्थ्य टोली खटिएको र निरन्तर घुम्ती टोलीले उपचार तथा औषधि वितरणलगायतका काम तीव्रगतिमा गरिरहेको बताए । 

 

तर अझै पनि जिल्लाका ग्रामीण भेगमा स्वास्थ्यकर्मी तथा औषधि पुग्न नसकेको र कतिपय ठाउँमा बिरामीले उपचार र औषधि नपाएको पीडितले गुनासो गरेका छन् । 
अहिले बाढीबाट प्रभावित बिरामीले जिल्ला अस्पताल र जिल्लाका सबै स्वास्थ्य, उपस्वास्थ्य चौकी र स्वास्थ्य केन्द्र खचाखच भरिएका छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement