असोज २५, काठमाडौं ।नेपाली बजारमा आज सुन-चाँदीको भाउ उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायिक महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला फाइनल गोल्ड १लाख ९ हजार ५सय रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९०० रुपैयाँ कायम भएको छ ।
हिजो सुनको भाउ तोलामा १००ले घटेको थियो । यो दिन प्रतितोला १लाख ८ हजार ८ सय र तेजाबी प्रतितोला १लाख ८ हजार ३ सय रुपैयाँमा काराबार भएको थियो ।
आज चाँदीको भाउ १० रुपैयाँले बढेर १ हजार ३५० रुपैयाँ कायम भएको छ र हिजो भाउ स्थिर रहँदै १ हजार ३४० रुपैयामा किनबेच भएको थियो ।