‘मंसिर २७, काठमाडौं । प्लस साइज मोडल’को रुपमा एकाएक विश्व चर्चित बनिन् जेन दीपिका ग्यारेट । मिस युनिभर्सले यी सुन्दरीलाई एकाएक अन्तर्राष्ट्रिय मिडियाको हेडलाइन बनायो ।
नाम चलेका विश्व प्रतिष्ठित संचारमाध्यमले दीपिकामाथि शब्द खर्चिए । खासगरि, उनको शरिरको आकारले सौन्दर्य मापदण्डको परम्परागत मान्यतालाई चुनौति दिएको विश्लेषण भए ।
मिस युनिभर्सको स्टेजमा उनले कीर्तिमान पनि रचिन्- पहिलो प्लस साइज मोडेलको रुपमा । उत्कृष्ट २० भित्र पनि समावेश पनि भइन् । एल साल्भाडोरका राष्ट्रपति त भेटेरै दीपिकालाई बधाई दिए । प्रतिस्पर्धा सकिएपछि उनी न्यूयोर्क पुगिन् जहाँ उनले आकर्षक फोटोसुट पनि गरिन् ।
उनै दीपिका मंगलबार काठमाडौं उत्रिएकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचेतनाका निर्देशक सरोज ओझाले राष्ट्रिय झण्डा ओढाएर र फूलमाला लगाइदिएर उनलाई स्वागत गरे । विन्टर लङकोटमा दीपिका आकर्षक देखिएकी थिइन् ।अनलाइनखबर