काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखरा–लेखनाथ महानगरपालिकाको प्रमुख र उप–प्रमुखका उम्मेदवार तोकेको छ ।
राप्रपाले बिहिबार महानगरपालिकाको मेयरमा ४१ वर्षिया गीता गुरुङलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । उपमेयरमा भने रमेशबहादुर खत्रीलाई उम्मेदवार बनाएको छ ।
राप्रपाका कास्की अध्यक्ष जयलाल पुनले गुरुङ सामाजिक र राजनीतिक क्षेत्रमा क्रियाशिल हुँदै आएकोले मेयर जस्तो प्रमुख पदमा उम्मेदवार बनाइएको बताउनुभयो ।
‘उहाँ धेरै वर्षदेखी सामाजिक र राजनीतिक क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । त्यसमाथि जनजाति र महिला दुवैको प्रतिनिधित्व गर्ने भएकाले पनि उहाँलाई उम्मेदवार चुनिएको हो’, अध्यक्ष पुनले भन्नुभयो ।
अविवाहित गुरुङ राप्रपा नेपाल कास्कीे क्षेत्र नम्बर २ का अध्यक्ष समेत हुनुहुन्छ ।
त्यसैगरी, अखण्ड नेपाल पार्टीले पनि सोही महानगरपालिकाको मेयरमा मोती गिरी र उप–प्रमुखमा गोमा रायमाझीलाई छनौट गरेको छ । महिला खबर