Advertisement
Advertisement
Advertisement
Advertisement

पार्लर व्यवसायको आकर्षण

पार्लर व्यवसायको आकर्षण

काठमाडौं। ब्युटिपार्लरको प्रारम्भ १४ औं शताब्दीमा टर्कीमा भएको हो । १६ औं शताब्दीको अन्त्यतिर ब्युटिपार्लरहरू विकसित रूपमा अगाडि आए । विकसित देशहरू इंग्ल्यान्ड, फ्रान्स, जापान आदिमा तालिम प्राप्त युवतीहरूद्वारा सञ्चालित ब्युटिपार्लरले लामो समयअघि नै व्यावसायिक रूप धारण गरिसकेका छन् । हाम्रो देशमा त प्रजातन्त्रको पुनर्वहालिपछि मात्र ब्युटिपार्लरको चलन बढेको हो । 

 

ब्युटिपार्लर सामान्य रूपमा महिलाले चलाउँछन् । अहिले प्रत्येक साना–ठूला सहरमा च्याउ उम्रिएझैं ब्युटिपार्लर खुल्न थालेका छन् । यस्ता कतिपय ब्युटिपार्लर पैसा कमाउने धुनमा ग्राहकहरूलाई धोका दिन पनि पछि पर्दैनन् । यस्ता पार्लरले ग्राहकको सुन्दरता बढाउनुको साटो हानिकारक प्रसाधन प्रयोग गरेर विभिन्न स्वास्थ्य समस्या सिर्जना गरिदिन सक्छन् । अहिले कामकाजी महिलाहरूका साथै घरेलु महिला पनि ब्युटिपार्लरतर्फ आकर्षित छन् । प्रत्येक महिलामा पार्लरका सम्बन्धमा केही आधारभूत ज्ञान हुनुपर्छ । 

 

ठाउँ छनोट 
ब्युटिपार्लर र हेल्थ सेन्टरका स्थायी ग्राहक सम्भ्रान्त परिवार नै हुन्छन् । पार्लरको बढी चलनका कारण मध्यम वर्गीय परिवारका महिला पनि यसका सेवाग्राही हुन्छन् । ग्राहकहरू आफ्नो कार, ट्याक्सी, स्कुटर वा रिक्सा जुन बाहनबाट पार्लरसम्म पुगे पनि त्यहाँ पार्किङको सुविधाका साथै पार्लरको स्तर पनि उत्कृष्ट हुनुपर्छ । ब्युटिसियनमा हुनुपर्ने योग्यता एवं गुण ब्युटिपार्लर सञ्चालन गर्न उच्च शिक्षा प्राप्त गर्नु अनिवार्य छैन । सरकारी तथा निजी संस्थाहरूमा ब्युटी कोर्सको ट्रेनिङ दिइन्छ । यसको अवधि ३ देखि ६ महिनासम्म हुनसक्छ । तालिम पूरा भैसकेपछि युवतीहरू कुनै राम्रो ब्युटिपार्लरमा काम गरेर अनुभव लिन्छन् जसले उनीहरूभित्र कलात्मक दक्षता एवं प्राविधिक कुशलताका साथै आत्मविश्वास पनि जागृत हुन्छ। व्यवहार कुशल तथा मधुर बोली राम्रो ब्युटिसियनमा हुनुपर्ने गुण हो । ब्युटिसियनको कुराकानी गर्ने शैली तथा व्यक्तित्व, प्रभावशाली, आकर्षक, स्मार्ट एवं आधुनिक हुनुपर्छ । ब्युटिसियनले सधैं मेकअपमा देखिनुको साटो आम साजसज्जामा देखिनु उपयुक्त हुन्छ । ब्युटिसियन रुखो स्वभावकी भए सबै सुविधाले भरिपूर्ण भए पनि उनीकहाँ कुनै ग्राहक पुग्दैनन् । 

साजसज्जा र फर्निचर 
महँगो पार्लरमा धेरैजसो एयरकन्डिसन हुन्छ । ब्युटिपार्लरका लागि ठाउँको छनोटपछि सबैभन्दा बढी रकम त्यसको फर्निचरमा खर्च हुन्छ । जुन कुर्सीमा बसाएर ग्राहकको शृंगार गरिन्छ त्यो रिवोलिङ, आरामदायक एवं विशेष सुविधायुक्त हुनुपर्छ । हिजोआज प्राय: महिलामा पिठ्युँको समस्या पाइन्छ । यस्ता ग्राहकका लागि कुर्सीका विभिन्न विकल्प उपलब्ध छन् । 

 

अनुहारको साजसज्जा 
अनुहारको छालाको साजसज्जाका लागि राम्रा कम्पनीका अनेकौं प्रकारका हर्बल तथा मेडिकेटेड कस्मेटिक्स आउँछन् जसलाई अनुहारमा लगाए कुनै नकारात्मक असर हुँदैन । अनुहारको छालामा फोहोर नजमोस्, चाउरी नपरोस्, डाबर नआओस् भनेर ब्ल्याक हेड्सको सफाइ आदिमा पनि विशेष ध्यान दिइन्छ । छालाको प्रकृतिअनुसार एउटा राम्रो ब्युटिपार्लरमा क्लिन्जिङ मिल्क, क्लिन्जिङ क्रिम, स्किन फुड, एस्ट्रिजेन्ट लोसन, ब्लिचिङ क्रिम, फाउन्डेसन क्रिम, स्नो, कोल्ड क्रिम, मोइस्चराइजर तथा फेस पाउडर आदि प्रयोग गरिन्छ । ग्राहकको छालामा कुनै इन्फेक्सन नहोस्, कपडा खराब नहोस् भन्ने उद्देश्यले पार्लरमा स्टरलाइज्ड टाबेल राख्नुपर्छ । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement