भदौ २०, काठमाडौं। महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार विरुद्ध जागरण तथा पूर्नस्थापनामा उल्लेखनीय योगदान पुर्याएको भन्दै पाँच जना महिलालाई पुरस्कृत गरेको छ ।
मन्त्रालयले मंगलवार मानव बेचबिखन तथा ओसारपसार बिरुद्घको एघारांै राष्ट्रिय दिवसको अवसरमा महिला तथा बालबालिका कार्यालय रौतहटका महिला विकास अधिकृत सावित्री न्यौपाने, जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी जवान सपना औरी चौधरी, शक्ति मिलन समाज सुकेधाराकी नातीसरा राई, हिमालय टाइम्सका पत्रकार रमा लुइटेल र कान्तिपुर एफएमका पार्वता चौधरी पुरस्कृत हुनुभएको हो ।
त्यसैगरी संस्था तर्फ शान्ति पुर्नस्थापना गृह ललितपुरलाई पुरस्कृत गरेको छ । पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ ।
मन्त्रालयले तीन संघसंस्थालाई पनि सम्मान गरेको छ । महिला तथा बालबालिका कार्यालय मकवानपुर, अस्मीता नेपाल मकवानपुर र साथी संस्थालाई सम्मान गरिएको छ ।