Advertisement
Advertisement
Advertisement
Advertisement

पब्जी खेल्न नदिएको झोकमा छोराले गरे आमाको हत्या, दुई दिनसम्म शव कोठाभित्रै

  |      10:45:00   |  
GETTY IMAGES
GETTY IMAGES

जेठ २६, काठमाडौं । चर्चित अनलाइन खेल पब्जी खेल्न नदिएको झोकमा भारतमा एक १६ वर्षीय किशोरले गोली हानी आफ्नै आमाको हत्या गरेका छन्।

घटना उत्तर प्रदेशको लखनऊमा पर्ने यमुनापुरम कोलोनीमा भएको प्रहरीले जनाएको छ। एडिशनल डीसीपी कासिम आबिदीले समाचारसंस्था पीटीआईलाई भनेः 'लखनऊको पीजीआई प्रहरी थानाअन्तर्गत पर्ने यमुनापुरम कोलोनीमा एक महिला दुई बच्चासहित बस्थिन्। उनका श्रीमान्‌ सरकारी जागिरको सिलसिलामा हाल पश्चिम बङ्गालमा छन्।'

'सोह्र वर्षका यी किशोर पब्जीको कुलतमा फसेका रहेछन्। किशोरका अनुसार उनकी आमाले पब्जी खेल्नबाट रोक्ने गर्थिन्। आइतवार सखारै उनले आफ्नो बुवाको लाइसेन्सप्राप्त पिस्तोलले आमाको हत्या गरे।'

हत्यामा प्रयोग गरिएको पिस्तोल प्रहरीले बरामद गरेको छ। क्षतविक्षत अवस्थामा महिलाको शव मङ्गलवार फेला पारेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार पोस्टमोर्टमका लागि शव अस्पताल पठाइएको छ भने किशोरलाई हिरासतमा लिइएको छ।


दुई दिनसम्म शव कोठाभित्रै
प्रहरीलाई उद्धृत गर्दै पीटीआईले जनाएअनुसार ती किशोरले आमाको हत्या गरेपछि शवलाई दुई दिनसम्म कोठाभित्रै राखेका थिए।

आमालाई गोली हान्ने बेला उनकी नौ वर्षीया बहिनी पनि त्यहीँ थिइन्। तर किशोरले घटनाबारे कसैलाई बताएमा ठिक नहुने भन्दै बहिनीलाई चेतावनी दिएका थिए।

शवबाट दुर्गन्ध आउन थालेपछि किशोरले 'रूम फ्रेशनरुको प्रयोग गरेको बताइएको छ। प्रहरी अधिकारी आबिदीले भनेः 'शवबाट दुर्गन्ध आउन थालेपछि किशोरले आफ्नो बुवालाई घटनाबारे बताए। उनका बुवाले छिमेकीलाई बताए अनि छिमेकीहरूले प्रहरीलाई खबर गरे।'

प्रहरीका अनुसार सुरुमा ती किशोरले घटनाबारे झूटो कथा बुन्ने प्रयास गरेका थिए। हत्या आफूले नभई उनीहरूको घरमा आइरहने बिजुलीको काम गर्ने व्यक्तिको गरेको बताएका थिए।

तर ती व्यक्तिसँग सोधपुछ गर्दा किशोरले झूटो बोलेको थाहा भयो।


प्रतिबन्धित खेल
भारतले चीनमा विकसित ११८ वटा मोबाइल एपमाथि दुई वर्षअघि प्रतिबन्ध लगाएकोमा पब्जी पनि एउटा थियो।

तर त्यो प्रतिबन्ध मोबाइल भर्सन अर्थात्‌ मोबाइलमा चलाउन मिल्ने मात्र प्रतिबन्धित रहेको पाइयो। रिपोर्टहरूका अनुसार डेस्कटप भर्सन चाहिँ उपलब्ध थियो।

मोबाइलमा पनि पब्जी भर्चूअल प्राइभेट नेटवर्क अर्थात्‌ भीपीएनको प्रयोग गरी खेल्न सकिन्छ।

स्रोत : बीबीसी 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement