काठमाडौं। पद्मश्री साहित्य पुरस्कारको लागि उत्कृष्ट पाँच पुस्तक मनोनयन गरिएको छ । खेमकला-हरिकला लामिछाने प्रतिष्ठानले २०७३ सालमा प्रकाशित र प्राप्त भएका पुस्तकहरू संकलन गरेर पाँच पुस्तक मनोनयन गरेको हो । संकलित पुस्तकहरूमध्येबाट विभिन्न विद्वानहरूको रायसल्लाहसमेतको आधारमा प्रतिष्ठानले पाँच उत्कृष्ट पुस्तक मनोनयन गरेको प्रतिष्ठानले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यिनै पाँच कृतिमध्येबाट विद्वान मूल्याङ्कन कर्ताहरूले उत्कृष्ट ठहराएको एक कृतिलाई पद्मश्री साहित्य पुरस्कार दिइने प्रतिष्ठानले जनाएको छ । मनोनयनमा परेका कृतिहरूको वर्णानुक्रमानुसारको सूची यस्तो छ स्
१. कहर- जनकराज सापकोटा
२. घाटमाण्डु- कुमार नगरकोटी
३ छाउघर- राज सरगम
४.रोल्पा सुइना- नविन विभास
५. सगरमाथाको गहिराइ- नवराज पराजुली