Advertisement
Advertisement
Advertisement
Advertisement

पत्रकार महासंघको २५ औं अधिवेशनबाट सचिव सहित ६ पदमा महिला

  |      20:02:00   |  
दायाबाट मीरा  राजभण्डरी, मधु शाही, श्वेता सिन्हा, जानुका बराल, सृजना अर्याल, लक्ष्मी पुन
दायाबाट मीरा राजभण्डरी, मधु शाही, श्वेता सिन्हा, जानुका बराल, सृजना अर्याल, लक्ष्मी पुन

भदौ ६, काठमाडौं । नेपाल पत्रकार महासंघको २५ औं अधिवेशनबाट गोविन्द आचार्यको अध्यक्षमा निर्वाचित हुनुभएको छ । आचार्यले निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालालाई १ सय ५ मतको अन्तरले हराउनुभएको हो ।

 

आचार्यले ७३२ मत प्राप्त गर्नुभयो भने कोइराले ६२७ मत प्राप्त गर्नुभएको हो । यसैगरी खुला उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर विजयी भएका छन् । महासचिवमा रमेश विष्ट विजयी हुनुभयो ।

 

त्यसैगरी सचिवमा खुलातर्फ रामप्रसाद दाहाल र महिलातर्फ लक्ष्मी पुन विजयी हुनुभएको छ । पुन सञ्चारिका समूहको सदस्य पनि हुनुहुन्छ । आदिवासी जनजाती सचिवमा उदय जीएम, मधेशीबाट शीलतप्रसाद महतो, दलितबाट रेमबहादुर विश्वकर्मा, एशोसियट सचिवमा प्रकाश थापा विजयी भएका छन् ।

 

कोषाध्यक्ष पदमा राजेश मिश्र निर्वाचित भए । यस्तै लेखा समिति संयोजक रोशन पुरी, सदस्यहरुमा मीरा राजभण्डरी र भुपेन्द्र आचार्य विजयी भएका हुन् ।

 

सदस्यहरुतर्फ भने महिलाको आरक्षण सिटमा ३ जना र दलिततर्फ एक जना महिला निर्वाचित भएका छन् ।

 

निर्वाचित हुने महिलामा सृजना अर्याल, श्वेता सिन्हा र जानुका बराल छन् । अर्याल सञ्चारिका समूह चितवन शाखाको अध्यक्ष हुनुहुन्छ । महिला आरक्षण सिटमा ७ जना महिलाले सदस्यको लागि उम्मेदवारी दिएका थिए । त्यसैगरी दलित तर्फबाट सदस्यमा मधु शाही निर्वाचित हुनुभएको छ । उहाँ सञ्चारिका समूहको सदस्य पनि हुनुहुन्छ । पत्रकार महासंघको निर्वाचनमा १७ जना महिला चुनावी प्रतिस्पर्धामा थिए ।


लक्ष्मी पुन, सृजना अर्याल, जानुका बराल, श्वेता सिन्हा, मधु शाही , मीरा  राजभण्डरी
पत्रकार महासंघको केन्द्रीय सदस्यमा ४७ जनाको कार्यसमिति र ३ सदस्यीय लेखा समितिको चयनको लागि निर्वाचन भएको हो । जसबाट कार्यसमितिमा ५ जना महिला अर्थात् १० प्रतिशत र १ जना लेखा समितिमा निर्वाचित भएका हुन् । ६ वटा प्रदेश सहित अन्य पदमा भने निर्वाचित हुने सबै पुरुष छन् ।

 

आइतबारदेखि सुरु भएको पत्रकार महासंघको महाधिवेशनमा सोमबार मतदान भएको थियो । भने सोमबार बेलुकीदेखि नै सुरु भएको मतगणनाको नतिजा मंगलबार बिहान आएको हो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement