जेठ २४, ललितपुर। नेपाल बक्सिङ संघमा पहिलो पटक महिला सदस्य निर्वाचित भएकी छिन् । पत्रकार दिलिपाश्री अधिकारी नेपाल बक्सिङ सङको केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । संघको काठमाडौंमा भएको चौथौ महाधिवेशनवाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन । कुल २५ सदस्यीय कार्य समितिमध्ये निर्वाचित हुनेमा उनी एक मात्र महिला हुन ।
उनी स्याङ्जा बक्सिङ संघकी पनि अध्यक्ष हुन् । अहिलेसम्मको इतिहासमा बक्सिङ संघको जिल्ला अध्यक्ष हुने उनी पहिलो महिला हुन । स्याङ्जा घर भएकी अधिकारी काठमाडौंलाई कर्मथलो बनाउदै आएकी छिन। पत्रकार अधिकारी नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य हुन् ।