Advertisement
Advertisement
Advertisement
Advertisement

नेपाल टेलिकममा महिलाको सवल, सक्षम र सन्तुलित नेतृत्व

  |      15:42:00   |  
नेपाल टेलिकममा  महिलाको सवल, सक्षम र सन्तुलित नेतृत्व

काठमाडौं।कम्पनीको मुख्य नेतृत्वकर्ता महिला । महत्वपूर्ण विभाग तथा सेक्सन हाँक्ने समेत महिला अनुुहार नै । महिलाहरुको नेतृत्वसँग उत्कृष्ट काम गर्ने क्षमता हुन्छ भन्ने एउटा राम्रो उदाहरण देशकै ठूलो तथा अग्रणी दूरसंचार प्रदायक कम्पनी नेपाल टेलिकममा देख्न सकिन्छ । पछिल्लो समय क्षमतावान महिलाहरुको संगमस्थलको रुपमा विकास भएको यो कार्यालयले निकै राम्रो प्रगति गरिरहेको छ । केही वर्षअघिसम्म आपसी तानातान, लडाई, झगडा र आरोपप्रत्यारोपले थिलथिलो बन्ने गरेको यो कार्यालयमा अहिले विवादको एक शब्द सुनिँदैन, यसको मुख्य कारण हो महिलाको सवल, सक्षम र सन्तुलित नेतृत्व । 

 

देशकै पुरानो तथा सबैभन्दा बढी कर तिर्ने नेपाल टेलिकमको नेतृत्वमा कामिनी राजभण्डारीको उदय भएसँगै अवसर पाउँदा महिलाहरुले पनि गर्न सक्छन् भन्ने कुरा प्रमाणित हुँदै गएको छ । राजभण्डारीको नेपाल टेलिकमको नेतृत्वकर्ताको रुपमा उदयसँगै त्यहाँका कतिपय विभाग र सेक्सनको नेतृत्व गर्ने महिलाहरुको प्रतिभा समेत उजागर हुँदै गएको छ । महिलाहरुको सन्तुलित नेतृत्वले पछिल्ला दिनहरुमा नेपाल टेलिकममा काम गर्ने पुरुष कर्मचारीहरुमा समेत उत्साह आएको बताइएको छ । 

 

नेपाल टेलिकमको इतिहासमै पहिलोपटक महिला हस्ताक्षरको रुपमा कामिनी राजभण्डारीले नेतृत्व सम्हालेकी हुुन् । उनको नेतृत्व आएसँगै टेलिकमले देशमै पहिलोपटक फोरजी सेवा सुरु गरेको छ भने टेलिकमलाई नयाँ रफ्तारमा अगाडि बढाएको छ । चीनसँगको अप्टिकल फाइबरको काम समेत उही गतिमा अगाडि बढेको छ भने मार्केट सेयरमा समेत यो कम्पनी प्रतिस्पर्धीको तुलनामा बलियो बन्दै गएको छ । छोटो समयमा देखिएको तीव्र प्रगतिका यी संकेतहरुको एउटा महत्वपूर्ण कारण नेपाल टेलिकमभित्र सबैलाई मिलाएर लैजानसक्ने नेतृत्वको क्षमता समेत प्रमुख कारक रहेको कर्मचारी बताउँछन् ।  

 

को–को नेतृत्वमा ?
टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी राजभण्डारी छिन् भने अन्य केही विभाग र सेक्सन प्रमुखमा समेत महिला छन् । सूचना प्रणाली सहयोगी निर्देशनालयको नेतृत्व गुणकेशरी प्रधानले गरेकी छिन् । सोही निर्देशनालयमा १० औं तहको म्यानेजरको रुपमा विनिता श्रेष्ठ पनि कार्यरत छिन् । 

 

यस्तै, वायरलेस सर्भिसमा म्यानेजरको रुपमा मिनु प्रधान काम गरिरहेकी छिन् । विजिनेश स्ट्रेटजी डिपार्टमेन्टमा म्यानेजरको रुपमा तथा टेलिकमको प्रवक्ताको रुपमा समेत महिला नै कार्यरत छिन् । उनी हुुन् प्रतिभा वैद्य । अर्कोतर्फ, रेगुलेटरी डिपार्टमेन्टमा म्यानेजरको रुपमा प्रतिमा प्रधानको सक्रियता पनि राम्रो छ । वायरलाइन सर्भिस डाइरेक्टर९म्यानेजर०को रुपमा संगीता पहाडी कार्यरत छिन् भने अडिट डिपार्टमेन्ट हेडको रुपमा शैलेजा राई कार्यरत छिन् । टेलिकमको विभाग तथा सेक्सनको कार्यसम्पादनमा अन्य तहका महिला कर्मचारीको योगदान समेत कम महत्वपूर्ण छैन । 

 

महिला नेतृत्वमा काम गर्दाको अनुुभव
नेपाल टेलिकमका प्रमुख व्यवसायिक अधिकृत प्रदीपकुमार उपाध्यायले सबैलाई मिलाएर लैजाने र पारिवारिक वातावरणमा कार्य सम्पादनमा ध्यान दिने महिला नेतृत्वको बानीले आफूलाई प्रभावित बनाएको बताए । ‘महिलाहरु जिम्मेवारीप्रति इमानदार हुन्छन् ।’ महिला नेतृत्वसँगको कार्य अनुुभव बारे सोधिएको प्रश्नमा उनले बिजशालासँग भने–‘समयमै काम सक्ने, दिएको काम सम्पन्न गरेरै छाड्ने सक्षम नेतृत्व महिलामा हुन्छ ।’ उनले टिमलाई सुन्दर ढंगले व्यवस्थापन गर्नसक्ने नेतृत्व नेपाल टेलिकमले पाएको र सबैको सहयोग तथा उत्कृष्ट टिमवर्कका कारण पछिल्लो समय प्रगति राम्रो भइरहेको समेत सुनाए । 

 

महिलाको नेतृत्वमा काम गर्दाको महिला कर्मचारीकै अनुुभव चाहि कस्तो होला रु टेलिकम प्रवक्ता प्रतिभा वैद्यले विस्तृत अध्ययन गर्ने, कामको गहिराईसम्म पुुग्ने र सबैलाई समेटेर अगाडि बढ्ने विशेषता महिला नेतृत्वमा हुने बताइन् । ‘महिलाहरु नेतृत्वमा पुुगेपछि सामूहिकतामा जोड दिन्छन्, भरसक कसैलाई चित्त दुखाउने मौका दिंदैनन् ।’ उनले  भनिन्–‘हामीले महिलाको रुपमा उत्कृष्ट नेतृत्व पाएका छौ, यसले काम गर्ने राम्रो वातावरण बनेको छ ।’ उनले पछिल्लो समय महिलाको सक्षम नेतृत्वका कारण टेलिकमका हरेक कर्मचारीमा अभूतपूर्व उत्साह देखिएको दाबी समेत गरिन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement