भदौ १४, काठमाडौं । नेपाली सेनामा १४ वर्षअघि भर्ना भएका महिलाहरको पहिलो समूहको सुलोचना पौडेल सेनानीको पदमा कार्यरछ छिन् । स्टाफ कोर्स पास गर्नु भनेको नेपाली सेनामा ठूलो उपलब्धि मानिन्छ । अहिलेसम्म महिलाहरुले भाग लिएका पनि थिएनन् । पहिलो पटक सुलोचना पौडेलले अपिएर गरिन् र उनी पास पनि भइन् ।
यो सफलतालाई सुलोचनाले एउटा अवसरको रुपमा लिएको छिन् । अहिले कमान्ड एन्ड स्टाफ कोर्स गरिरहेकी सुलचना सो कोर्स गर्ने प्रथम महिला सैनिक अधिकृत हुन् ।
नेपाली सेनामा भर्ना हुने महिलाको पहिलो समूहको सुलचना पौडेल अहिले सेनानी छिन् । उनी पहिलो महिलाकै रुपमा अहिले कमान्ड एन्ड स्टाफ कोर्स गर्दैछिन् । उनी भन्छिन्,– ‘ बच्चाबेलादेखि नै मलाई आर्मीहरु परेड गरेको दृष्य बाटोमा आउँदा जाँदा देख्दा राम्रो लाग्थ्यो । यो पेशामा राम्रो हुन्छ र महिलाहरुका लागि पनि निकै राम्रो वातावरण छ भन्ने सुनपछि झनै विश्वास जाग्यो । सानैदेखि इच्छा थियो, जब केटीहरुका लागि पनि खुल्यो भनेपछि मलाइ मेरो सपना सत्य भएजस्तो भयो ।’
सुलोचना सेनामा भर्ना हुँदा उनको समूहमा ७० जना सहभागी गिए । उनी थप्दै भन्छिन्, – ‘पहिला तालिम गर्दाको समयमा मेरो आमाबुबा र अहिले शिवपुरीमा तालिम गरिरहदा होस मेरो सासु ससुरा उहाँहरुको सबैको निकै ठूलो प्रेरणा र सहयोग छ । एउटा केटी मान्छे सफल हुन् आफूे अडिग भएर र मिहेनत गरेर लक्ष्यमा अगाडी बढ्यो भने सफल भइन्छ । तर एउटा कुरा हामी केटी मान्छे हो भनेर नसोचिकन काम गर्नुपर्छ । किनकी हामी महिलाहरुले धेरै गर्न सक्छौ जति पुरुषले गर्न सक्छन् । महिलाले हीनताबोध नगरी एउटा लक्ष्य राखेर काम गरे सफल हुन सकिन्छ भन्ने उनको विश्वास छ ।
नेपाली सेनाले विसं २०६१ देखि महिला भर्ती गर्न थालेको हो । अहिले नेपाली सेनामा कुल ४ हजार ६२ महिला छन् । तीमध्ये ३ सय ७१ जना अधिकृत छन् ।
- बिबिसीमा प्रकाशित भिडियोका आधारमा तयार पारिएको सामाग्री