Advertisement
Advertisement
Advertisement
Advertisement

नेपालले शनिबार दोस्रो स्थानमा रहेको हङकङसँग फाइनल खेल्नेछ

  |      16:27:00   |  
web image
web image

भदौ ८,काठमाडौं । आइसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको छ ।

मलेसियाको बायोमास स्पोर्टस् एण्ड इभेन्ट कम्प्लेक्समा जितका लागि पाएको ८५ रनको लक्ष्य मलेसियाले  १६.२ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो ।

मलेसियालाई जिताउन ओपनर ऐन्ना हमिजा हसिमले नट आउट ३७ रन बनाइन् । महिरा इज्जती इस्मालीले २१ रन जोडिन् । 

बलिङतर्फ नेपालका रुबिना क्षेत्री, सीता राना मगर र  पूजा महतो समान १ विकेट  लिए ।यस अघि  पहिला ब्याटिङ गरेको नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको थियो ।  नेपालको ब्याटिङको बीचमा वर्षाका कारण खेल रोकिएपपछि १८ ओभरमा घटाइएको खेलमा मलेसियाले ८५ रन बनाउनु पर्ने लक्ष्य पाएको थियो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २३ रन बनाइन् । उनले २ चौका र १ छक्का प्रहार गरेकी हुन् ।

यस्तै इन्दु बर्माले २० रन बनाइन् । ओपनिङमा आएकी काजल श्रेष्ठले २१ बलमा १ चौका सहित १८ रन बनाइन् । दोस्रो विकेटका लागि काजल र इन्दु बर्माले २५ रनको साझेदारी बनाए ।

त्यसपछि आएकी सीता राना मगर १३ बलमा ९ रन बनाउँदै क्याच आउट भइन् । इन्दु बर्माले ३३ बलमा २० रन बनाउँदै चौथो विकेटका लागि कप्तान रुबिना क्षेत्रीसँग ३० रनको साझेदारी बनाइन् ।

नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३८ रनले पराजित गरेको थियो ।

आज मलेसियासँगको फराकिलो हारको बाबजुत पनि नेपाल रनरेटका आधारमा शिर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो । मलेसिया भने जितका बाबजुत पनि बाहिरिएको हो ।

नेपालले शनिबार दोस्रो स्थानमा रहेको हङकङसँग फाइनल खेल्नेछ ।
नेपाल ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा रह्यो । हङकङ ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनायो ।

नेपालको नेटरनरेट ०.८५३ र हङकङको ०.१९२ छ । मलेसियाको ३ खेलमा ४ अंक भए पनि नेटरनरेटका कारण फाइनलमा पुग्न सकेन । मलेसियाको नेटरनरेट ०.००७ मात्रै रह्यो ।

यो चारदेशीय शृंखलापछि नेपालले मलेसियामा नै आइसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोट खेल्ने छ ।
अनलाइनखबर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement