Advertisement
Advertisement
Advertisement
Advertisement

महिला बालविवाह झनै बढ्यो

  |      10:47:00   |  
महिला बालविवाह झनै बढ्यो

 

यशोदा अधिकारी 

कानुनले महिला र पुरुषको विवाह गर्ने निश्चित उमेर तोकेको छ तर नेपालमा अझै पनि डरलाग्दो रूपमा बालविवाहको हुने गरेको तथ्याङ्कले देखाउँछन् ।  पछिल्लो समयमा बालविवाह विरुद्धको चेतनास्तरमा वृद्धि त भएको छ र त्यससँगै बालविवाहको क्रम पनि बढेको छ। 
 

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयकाअनुसार नेपालमा ४१ प्रतिशत महिलाको बालविवाह हुने गरेको छ ।  त्यसमध्ये जम्मा ११ प्रतिशतमात्र केटाको बालविवाह हुने गरेको  छ ।  हुन त बाल विवाहसम्बन्धी उजुरीहरू कमै मात्रामा पर्छन् ।  उजुरी परेको आधारमा बालविवाह हुने सङ्ख्या बढेको देखिनुले यो जनाउँछ कि उजुरी नपरीकन भएका बालविवाहको अवस्था डरलाग्दो नै छ ।  बालविवाह गराइदिने, बालविवाहका लागि दबाब दिनेलाई कानुनले तीन वर्ष कैद र जरिवाना तोकेको छ ।  तर अझै मध्य तराई र सुदूरपश्चिमका जिल्लामा बालविवाह बढिरहेको छ ।  

 

नेपालले बालविवाह रोक्न राष्ट्रियदेखि अन्तर्राष्ट्रिय रूपमा पहल त गरेको छ तर व्यवहारमा कार्यान्वयन हुन सकेको छैन ।  सन् २०१५ मा बेलायतमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले सन् २०२० भित्र बालविवाह अन्त्यका लागि सार्थक प्रयास गर्ने र सन् २०३० भित्र बालविवाह अन्त्य गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको थियो ।  यस्ता  अन्तर्राष्ट्रिय सहमति पत्रमा हस्ताक्षर गरेको सरकारले बालविवाह रोक्न भने सर्वसाधारणको पहुँचमा पुग्ने गरी कार्यक्रम ल्याएको छैन ।  जसले गर्दा जानेर वा नजानेर प्रत्येक वर्ष धेरै बालबालिकाको कलिलै उमेरमा विवाह हुने गर्छ ।  विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार अहिले पनि नेपालमा वार्षिक १३ हजार बालविवाह हुँदै आएको छ ।  जसमध्ये बढी महिला नै छन् । 
 

 

एक गैरसरकारी संस्थाले गरेको गोरखा र सिन्धुपाल्चोकमा गरेको अध्ययनले अझै ग्रामीण वस्तीमा बालविवाह कायम रहेको तथ्याङ्क सार्वजनिक गरेको छ ।  बालविवाहका कारण परिवारमा विभिन्न समस्या उत्पन्न हुने, पढाइ छाड्नुपर्ने, स्वास्थ्यमा समस्या आउने र पारिवारिक बेमेलका कारण महिलामाथि चरम हिंसा हुने गरेको अध्ययनले देखाएको छ ।  गोरखा र सिन्धुपाल्चोकमा गरिएको यो अध्ययनले के देखाउँछ भने ग्रामीण भेगमा अभिभावकको करबलमा बालविवाह हुने गरेको छ ।  अध्ययनले सिन्धुपाल्चोक जिल्लामा पछिल्लो समयमा सात वटामात्र बालविवाहका घटना दर्ता भएको देखाएको छ ।  उजुरीकै आधारमाभन्दा गत वर्षको तुलनामा बालविवाहको घटना कम हो तर उजुरी नपरेका बालविवाह कति भए होलान् ? सजिलै अनुमान गर्न सकिने अवस्था छ ।  

 

रजस्वाला हुनुपूर्व विवाह गरिदिँदा पुन्य पाइने भन्दै अभिभावकले नै छोरीको बिहे चाँडै गराउने, गरिबी, अशिक्षा, धेरै सन्तान हुनु आदि बालविवाहका मुख्य कारण बनेका छन् ।  अध्ययनले ६ प्रतिशत बालविवाह परिवारको दबाबबाट भएको देखाएको छ ।  हुन त पछिल्लो पटक केटाकेटीको मन मिलेर भागी बिहे गर्ने प्रचलन बढेको अध्ययनले देखाएको छ ।  अध्ययनअनुसार ३३ प्रतिशत बालविवाह भागेर हुने गरेकोे  छ ।  
 

 

केन्द्रीय तथ्याङ्क विभागले सन् २०११ मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको ३८ प्रतिशतले बालविवाह गरेको जनाएको छ ।  विभागले हरेक १० वर्षमा बाल विवाहको तथ्याङ्क सार्वजनिक गर्ने गरेको छ ।  सन् २०११ पछिको तथ्याङ्क त सार्वजनिक हुन बाँकी छ तर अनुमान के गर्न सकिन्छ भने पहिलाको तुलनामा बालविवाह बढेको छ ।  जनचेतना अभाव, गरिबीका कारण बालविवाह बढेको पाइन्छ कानुनले विवाह गर्ने न्यूनतम उमेर केटीका लागि १८ र केटाका लागि २० वर्ष तोकेको छ ।  तर हाम्रो समाजमा २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने युवायुवती धेरै छन् ।  अझ भन्ने हो भने सङ्ख्यात्मक रूपमा दक्षिण एसियामा सबैभन्दा बढी बालविवाह हुने गर्छ ।  दक्षिण एसियामा हुने ४२ प्रतिशत बालविवाह मध्ये  भारतमा मात्रै ३३ प्रतिशत बालविवाह भएको पाइएको छ ।  यसले के देखाउँछ भने कानुन बनाएर र घोषणा गरेरमात्र हुँदैन, व्यवहारमा लागू भएन भने समस्या झन् बढ्दै जाने गर्दछ ।  दक्षिण एसियाका मुलुकमा बालविवाह गर्ने मुलुकमध्ये नेपाल तेस्रो नम्बरमा छ ।  

 

सबैभन्दा धेरै बालविवाह हुने मुलुकको रूपमा बङ्गलादेश पहिलो र भारत दोस्रो नम्बरमा छ ।  बालविवाह गर्ने चलन दक्षिण एसियामा मात्रै छैन ।  यस्ता चलन विश्वव्यापीरूपमै छ ।  युनिसेफले सन् २०१६ मा दक्षिण एसियामा बालविवाहबारे गरेको एक अध्ययनअनुसार प्रत्येक वर्ष १४ मिलियन ९अर्थात् १ करोड ४० लाख० बालबालिकाको बिहे १८ वर्षभन्दा कम उमेरमा हुन्छ ।  जसमध्ये ४६ प्रतिशत बालविवाह दक्षिण एसियाका देशमा हुन्छ ।  विश्वव्यापी रूपमा प्रत्येक तीन जना बालिकामध्ये एकजनाको बालविवाह हुन्छ भने दक्षिण एसियामा प्रत्येक दुई बालिकामध्ये एकको बालविवाह हुने गरेको उक्त प्रतिवेदनमा उल्लेख छ । 
 

 

दक्षिण एसियामा सबैभन्दा बढी बङ्गलादेशमा ६५ प्रतिशत, भारतमा ४७ प्रतिशत, नेपालमा ४१ प्रतिशत र अफगानिस्तानमा ४० प्रतिशत बालविवाह हुने गरेको उक्त अध्ययनले देखाएको छ  ।  नेपालमा हुने ४१ प्रतिशत बालविवाहमध्ये १० प्रतिशत बालबालिकाको विवाह १५ वर्षभन्दा पनि कम उमेरमा हुने तथ्य अध्ययनले देखाएको छ ।  २०६८ सालको जनगणनाअनुसार एक लाख ३८ हजार १५ बालबालिकाहरूको १० वर्ष नपुग्दै बिहे भएका छन् ।  त्यसमा एक लाख १५ हजार १५० बालिका छन् भने २२ हजार ८६५ बालक छन् ।  १० देखि १४ वर्ष उमेर समूहमा १३ लाख ६३ हजार १०७ जनाले विवाह गरेका छन् ।  त्यसमध्ये ११ लाख एक हजार २२३ जना बालिका छन् ।  बालक दुई लाख ६१ हजार २२३ जना छन् ।  १५ देखि १९ वर्ष उमेर समूहमा ४३ लाख ४० हजार ४९७ बालिकाको बिहे भएको छ ।  यो तथ्याङ्कले बालकभन्दा बालिकामा बढी बालविवाह हुने गरेको देखाउँछ ।  


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement