Advertisement
Advertisement
Advertisement
Advertisement

निर्वाचनमा उम्मेदवारी दिने महिला, दलित र अल्पसंख्यकले धरौटीमा ५० प्रतिशत छुट पाउने

  |      00:00:00   |  
 निर्वाचनमा उम्मेदवारी दिने महिला, दलित र अल्पसंख्यकले धरौटीमा ५० प्रतिशत छुट पाउने

काठमाडौ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने महिला, दलित र अल्पसंख्यक समुदायका व्यक्तिहरुले धरौटीमा ५० प्रतिशत छुट पाउने भएको छ । स्थानिय तह निर्वाचन नियमावली २०७३ ले व्यवस्था गरेअनुसार गाउँ कार्यपालिका र नगर कार्यपालिकाको सदस्यमा उम्मेदवारी दिने महिला, दलित र अल्पसंख्यक समुदायका व्यक्तिले २५० रुपैयाँ, त्यस्तै जिल्ला समन्वय समितिको सदस्यको लागि १ हजार पाँचसय रुपैयाँ र जिल्ला समन्वय समितिको प्रमुख तथा उपप्रमुखको लागि २ हजार रुपैयाँ धरौटी लाग्नेमा ५० प्रतिशत छुट पाउने भएको हो ।

 

महिला, दलित तथा अल्पसंख्यक समुदायका व्यक्तिलाई प्रोत्साहन स्वरुप उम्मेदवारीको धरौटीमा पचास प्रतिशत छुटको व्यवस्था गरिएको प्रमुख निर्वाचन आयुक्त आयोधीप्रसाद यादवले भन्नुभयो । आयुक्त यादवले यसपालीको निर्वाचन कानुनले महिलालाई विशेष व्यवस्था गरेको बताउनुभयो ।  वडामा २ जना महिला उम्मेदवार आउने भएकाले स्थानीय तहमा महिलाको संख्या बढ्ने भएता पनि दलित महिलाको सवालमा स्पष्ट कानुन नवोलेकोले आरक्षण पदमा दलित महिला नभए के गर्ने भन्ने विषयमा  संसदमा जानकारी गराएको उहाँले बताउनुभयो ।

 

‘आरक्षण सीटमा दलित महिला नभए के गर्ने भन्ने कुरा कानुनमा नवोलेको हुनाले संसदमा जानकारी गराएका छौ ।’ यादवले भन्नुभयो । आयुक्त यादवले निर्वाचनको समयमा महिला माथि हुनसक्ने हिंसा रोक्न पनि विभिन्न सचेतनामुलक कार्यक्रम गर्ने बताउनुभएको छ । निर्वाचन आयुक्त इला शर्माले स्थानिय तहको नेतृत्वमा ५० प्रतिशत महिला ल्याउन दलहरुसँग आयोगले छलफल गरेको वताउनुभयो । ‘पचास प्रतिशत महिला आउदैनकी भन्ने कुरा आएकाले महिलालाई पचास प्रतिशत नै ल्याउनुपर्दछ भन्ने विषयमा दलहरुसँग छलफल गरेका छौ’, आयुक्त शर्माले भन्नुभयो । महिला खबरमा प्रकाशित खबर ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement