काठमाडौं। सिन्धुपाल्चोक जिल्लाको विकट माझी गाउँमा नायिका श्वेता खड्काले एकीकृत नमुना बस्ती निर्माण कार्य सुरु गरेकी छिन्। ६३ माझी परिवारको लागि अभिनेत्री खड्का र पुनर्निर्माण प्राधिकरण प्रुमख डा. गोविन्द पोखरेलले इट्टा राख्दै सोमवार माझी बस्तीको शिलन्यास गरेका हुन् ।
‘हाम्रो रहर सानो घर’ भन्ने मुल नारा लिएर ‘स्वेता श्री फाउन्डेशन’ले ‘माझी बस्ती’ निर्माण गर्न लागेको हो । बस्ती शिलन्यास कार्यक्रममा राष्ट्रिय पूननिर्माण प्राधिकरणका सीइओ डाक्टर गोविन्द पोखरेल, पूर्व प्रधान सेनापति रुक्मागत कटुवाल, डा.भोला रिजाल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नायक निखिल उप्रेती, कलाकार बसुन्धरा भुषाल, वितरक गोपाल कायस्थ, गायकद्धय प्रमोद खरेल र यूवराज चौलागाई, हाँस्य कलाकार जितु नेपाल पुगेका थिए ।