भदौ २०, काठमाडौ । जन्मँदै दुई हात नभए पनि १० हजार फिट उचाइमा जहाज उडाएर विश्व कीर्तिमान कायम गरेकी अमेरिकी पाइलट जेसिका कक्सलाई राजधानीको नर्दन लाइट एकेडेमी अफ एभिएसन एन्ड टेक्नोलोजी नाटले सम्मान गरेको छ ।
विश्व उड्डयन क्षेत्रमा जेसिका उत्कृष्ट प्रतिभासहित सबैको प्रेणाको स्रोत रहेको भन्दै नाटले उनलाई आइतबार सम्मान गरेको हो ।
जेसिका संसारका लागि एक उदाहरणीय पात्र रहेको बताउँदै सम्मान कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन विजय लामाले उनलाई खादा लगाएर सम्मान गरेका थिए । नाटका विद्यार्थी र सञ्चालक समूहले जेसिकालाई सम्मान गर्न पाउनु गर्वको विषय भएको बताएका थिए ।
नेपालमा पहिलोपटक कलेजका रुपमा नै उड्डयनप्रति चासो हुनेलाई सुविधा दिएकोमा क्याप्टेन लामालृ नाटलाई धन्यवाद दिए ।