Advertisement
Advertisement
Advertisement
Advertisement

दुर्गमले दबिएको सुमधुर स्वरकी धनी तेजआङ्मु

  |      12:28:00   |  
web image
web image

पुस १, काठमाडौं । डोल्पाको सिमाना जोड्ने जुम्लाको अन्तिम गाउँ हो, चोत्रा । यही गाउँकी तेजआङ्मु महतारालाई धेरैले लोक विरहका भाका गाउने स्वरकी धनीका रूपमा चिन्छन् । तेजआङ्मुले अहिलेसम्म कुनै स्टुडियोमा गीत गाएकी छैनन्, न त उनको गीत इन्टरनेटको दुनियाँमा भेटिन्छ । अहिलेसम्म उनको स्वरको तारिफ चोत्रा गाउँमै सीमित छ । 

१० कक्षा पढ्दापढ्दै १७ वर्षमा बिहे गरेकी तेजआङ्मु आफूले हिँडेको दुःखको यात्रा गीत बनाएर गुनगुनाउँछिन् । स्कुलमा पढुन्जेल मञ्चहरूमा उनको स्वर गुन्जिन्थ्यो । स्कुल छुटेसँगै दुनियाँले तेजआङ्मुको स्वर सुन्नुपर्‍यो भनेर सम्झिने मञ्चहरू पनि छुटे । त्यसपछि उनले वनपाखा, खोला किनारलाई मञ्च बनाइन् । दुःख र वेदनाका गीतहरू गुनगुनाउन थालिन् । उनी हिजोआज घाँसदाउरा र स्याउलापात गर्ने बेलामा मन बहलाउन गीत गाउँछिन् ।उनको जीवनमा दुःखमाथि दुःखको खात लागेजस्तो लाग्छ । माइतमा उनका बुबा र आमा दुवै अपांगता भएका छन् । ससुरा अपांगता भएका थिए, गत वैशाखमा खुट्टा भाँच्चिएर राम्ररी उपचार नहुँदा सासू पनि हिँडडुल गर्न नसक्ने भएकी छन् । ‘माइत र घर दुवैतिर उस्तै छ । जता सम्झ्यो बैरागमात्रै लाग्छ,’ उनले भनिन्, ‘रुवाइ छुट्छ । जीवनमा निराशाको घनघोर बादल मडारिरहेजस्तो लाग्छ । अनि पीर भुलाउन गाउँछु ।’

तेजआङ्मुका श्रीमान् भारतमा व्यापार गर्थे । व्यापारमा डुबेपछि उनी यार्चाको कारोबारमा लागे । त्यसमा पनि घाटा खाए । तेजआङ्मुले ऋणको भारीले परिवार नै दुःखमा परिरहेकाले आफ्नै खर्चले गीत रेकर्ड गर्ने सम्भावना नभएको र ऋण थपेर गीत रेकर्ड गर्ने आँट नआएको सुनाइन् । ‘ऋण तिरेर सकिन्जेल स्वरले साथ दिएछ भने मनको धोको पूरा होला,’ उनले भनिन्, ‘नभए यत्तिकै हुने भयो ।’

उनी अरूले गाएको सुनेर दुरुस्तै गाउन सक्छिन् । कहिलेकाहीं ती लयमा आफ्ना शब्द हालेर पनि गाउँछिन् । पुस्तान्तरण हुँदै आएका शब्दहरू उनले पनि टिपेर राखेकी छन् । तिनमा लय हालेर गीत रेकर्ड गराउने उनको धोको पूरा हुन्छरहुँदैन उनी आफैंलाई थाहा छैन । तर, चोत्रागाउँदेखि मनिसांगुसम्मका वनपाखाले उनको स्वर रेकर्ड गरिरहेका छन् ।

गुठीचौर गाउँपालिका–१ चोत्राका वडाध्यक्ष अर्जुनकुमार महताराले उनमा रहेको अद्भुत प्रतिभालाई बाहिर ल्याउन सहयोगको खोजी भइरहेको बताए । ‘तेजआङ्मुको स्वर दुनियाँलाई सुनाउन जरुरी छ,’ उनले भने, ‘उनमा रहेको अद्भुत प्रतिभालाई बाहिर ल्याउन सहयोगी मन भएकाहरूबाट सहयोग हुने विश्वास लिएको छु ।’साभार कान्तिपुर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement