काठमाडौं। कञ्चनपुरको गड्डाचौकी नाकाबाट दुबई जान हिँडेका तीनजना युवतीको उद्वार गरिएको छ । भारतको दिल्ली हँदै दुबई जान हिँडेका ३ जनाको बिहीबार बिहान पश्चिमी नाका गड्डाचौकीबाट माइती नेपाल कञ्चनपुरले उद्वार गरेको हो । काठमाण्डौ-दिल्ली बसबाट २ जना दिदीबहिनी र पोखरा-दिल्ली जाने बसबाट अर्की एक युवतीलाई बिहिवार गड्डाचौकीमा रोकिएको हो ।
ना ५ ख ७२४६ नम्बरको बसमा सवार २ जना काठमाडौं सुन्दरीजलका महिलालाई ना ४ ख ४१५३ नम्बरको बसमा आएकी धादिङ्गकी युवतीलाई चेकजाँचका क्रममा नाकामा रोकिएको माइती नेपाल कञ्चनपुरले जनाएको छ ।भारतको पुनामा एक ब्युटिपार्लरमा काम गर्न जान लागेको बताउने २ जना महिलालाई सोधपुक्ष गरेपछि दिल्ली भएर दुबई जान लागेको बताएका थिए ।
‘सुरुमा भारतको पुनामा रहेको एक ब्युटिपार्लरमा जान लागेको बताएका थिए।'माइती नेपालकी संयोजक महेश्वरी भट्टले भन्नुभयो, ‘केरकार गर्ने क्रममा मात्रै थाहा भयो उनीहरुलाई दलालले दिल्लीको बाटो भएर दुबई पठाईदिने भन्दै काठमाडौंबाट बसमा पठाएको रहेछु ।दुबै दिदीबहिनीको साथमा दलालले बाटोमा कसैले नरोकोस् भन्नका लागि भारतको पुनामा रहेको सोनाम ब्युटि पार्लरले काम गर्ने मानिस चाहिएको कागजात र नेपालको आवश्यक कागजात समेत पठाएको भेटिएको छ । दुबै महिलाको २२ वर्षभन्दा कम रहेको छ ।
दुबईमा घरेलु कामदारमा जादा आकर्षक कमाई हुने भन्दै काठमाडौंबाटै एकजना दाईले पठाउन लाग्नुभएको उद्वार गरिएकी एक युवतीले बताउनुभयो ।उद्वार गरिएकी अर्की एक युवती भने अन्दाजी ३५ वर्षकीकी हुनुहन्छ । उहाँले पनि कामका लागि भारत जान लागेको बताएपनि उनीपनि दुबई नै जान हिडेको बताइएको छ ।
‘पासपोर्ट सहितको कागजात दिल्लीमै पाइन्छ भनेको छु उद्वार गरिएकी ३५ वर्षिया महिलाले भन्नुभयो,‘ राम्रो कमाई हुने र घरमै सजिलो काम हुन्छ भनेपछि जान लागेको हुँ । माईती नेपाल कञ्चनपुरका अनुसार पछिल्लो समय अनेकौं स्वरुप परिवर्तन गराएर नाका कटाउन दलाल सक्रिय भइरहेका छन् । तीनदिन अघि पनि माईती नेपालले गड्डाचौकी नाकाबाटै इराम जान हिडेकी एक युवतीको उद्वार गरेको थियो ।
१० दिनअघि पनि भीक्षुको भेष बनाएर सीमा कटाउदै गरिएकी सिन्धुपाल्चोक घर भएकी एक किशोरीको उद्वार गरिएको थियो । पछिल्लो समयमा सिन्धुपाल्चोक सहित भूकम्प प्रभावित जिल्लाका अधिकाशं महिला तथा बालबालिकालाई दलालहरुले आर्थिक प्रलोभन देखाएर सीमा कटाउने गरेका छन् । दुबई लगायतका अन्य खाडी मुलुकमा दलालले नक्कली पासपोर्ट र भीसा बनाएर दिल्ली हुदै पठाउने गरेका छन । यो खबर आजको अन्नपूर्ण पोस्ट्मा छापिएको छ ।