Advertisement
Advertisement
Advertisement
Advertisement

दुई दिनअघि मात्रै बुबाको निधन आइतबार छोरीको कीर्तिमान

  |      14:11:00   |  
web image
web image

भदौ ४,काठमाडौं । स्पेनलाई महिला विश्वकप फुटबल विजेता बनाउन एक मात्र निर्णायक गोल गरेकी कप्तान ओल्गा कार्मोनाका बुबाले विश्वकप फाइनलको दुई दिनअघि मात्रै निधन भएको थियो ।

तर आइतबार विश्वकपको फाइनलमा इंग्ल्याण्डविरुद्ध टिमको नेतृत्व गरेर मैदान उत्रिएकी उनलाई त्यसको छनक थिएन ।खेलको पहिलो हाफमा निर्णयक गोल गरेकी उनले विश्वकप जितेको खुसी मनाएपछि मात्रै आफ्ना पिताको निधनको समाचार सुनिन् ।

स्पेनिस मिडिया रेलिभोको अनुसार, उनका आमा र परिवारले विश्वकपमा गएकी ओल्गाको ध्यान नबिग्रियोस् भनेर उनलाई बुबाको मृत्युको खबर दिएका थिएनन् ।

शुक्रबार बुबाको निधन भए पनि उनका दाजु आमालाई लिएर विश्वकप फाइनलको दिन उनको हौसला बढाउन अष्ट्रेलिया पुगेका थिए ।खेलसकेपछि उनले त्यो नाम एक जना आमा गुमाएकी साथीका लागि समवेदना भएको बताएकी थिइन् । जतिबेला उनले साथीलाई समवेदना दिएकी थिइन्, त्यतिबेला उनी आफैं पिता गुमाएको शोकमा थिइन् ।

रोयट्र्सका अनुसार उनका बुवा लामो समयदेखि बिरामी थिए ।

२३ वर्षीय ओल्गाले बाबुको निधन भएकोथाहा पाएपछि सामाजिक सञ्जालमा लेखिन्, ‘मलाई थाहा छ तपाईंले मलाई हिजो बेलुका हेर्नुभयो । तपाईंलाई म माथि गर्व भयो होला, तपाईंको आत्माले शान्ति पाओस् बुबा ।’

उनले त्यसैमा थप्दै लेखिन्, ‘मलाई थाहा थिएन । खेल सुरु हुनअघि नै मेरो लागि एउटा चम्किलो ताराले मलाई केही विशेष पाउन शक्ति दिइरहेको थियो ।’

स्पेनिस फुटबल संघ (आरएफईएफ)ले पनि उनको बुवाको निधनमा सहानुभुति जनायो । ‘फुटबलमा एक खुसी थपिँदैगर्दा एक दुखद खबर पनि सुनियो, हामी ओल्गा र ओल्गाको परिवारप्रति हार्दिक सहानुभुति प्रकट गर्दछौं । ओल्गा तिमीलाई धेरै माया, तिमी स्पेनिस फुटबलको इतिहास हौं ।’

त्यस्तै उनको क्लब रियल मड्रिडले पनि उनलाई बुवाको मृत्युपश्चात समवेदना प्रकट गरेको छ ।

 

 

 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement