Advertisement
Advertisement
Advertisement
Advertisement

तालिबानले काबुलमा बिथोल्यो महिला अधिकारका लागि आयोजित प्रदर्शन, तालिबानले महिलालाई मन्त्री बनाउला त ?

  |      13:02:00   |  
GETTY IMAGE
GETTY IMAGE

भदौ २०, काठमाडौं । तालिबानले अफगानिस्तानको सत्ता हातमा लिएपछि आफ्नो अधिकारका लागि देशको राजधानीमा दर्जनौँ महिलाहरूले आयोजना गरेको एउटा प्रदर्शनलाई तालिबान अधिकारीहरूले बिथोलिदिएका छन्।

काबुलमा राष्ट्रपति भवनतर्फ अघि बढ्न लागेका प्रदर्शनकारीहरूलाई तितरबितर पार्न अश्रुग्यास र पेपर स्प्रे प्रहार गरेको बताएका छन्। अफगानिस्तानको तोलो न्यूजका अनुसार तालिबानले उक्त प्रदर्शन नियन्त्रणबाहिर गएको बताएको छ।

 

काबुलसहित अफगानिस्तानको हेरात सहरमा महिलाहरूले प्रदर्शनहरू गर्दै आएका छन्। प्रदर्शनकारीहरूले महिलालाई घरबाहिर काम गर्न दिइनुपर्ने तथा सरकारमा सहभागी गराइनुपर्ने माग राखेका थिए।

 

तालिबानले महिलालाई मन्त्री बनाउला त ?
केही दिनभित्रै सरकार गठनको तयारी भइरहेको बेला सरकारमा महिलालाई सहभागी गराउनुपर्ने माग उठेको हो।

तालिबानले महिलाहरू सरकारमा सहभागी हुनसक्ने तर मन्त्री पद दिन नसकिने बताएको छ। अफगानिस्तानमा धेरै महिलाले यसअघि सन् १९९६ देखि २००१ अवधिको तालिबान शासनकालमा जस्तै महिलासँग असमान व्यवहार हुने चिन्ता व्यक्त गरेका छन्।

यसअघिको तालिबान शासनमा महिलाहरूलाई घरबाहिर निस्किँदा अनुहार ढाक्न अनिवार्य गरिएको थियो भने सामान्य कसुरमा पनि कडा सजाय दिइने गरिएको थियो।

'पच्चीस वर्षअघि तालिबान आउँदा उनीहरूले मलाई विद्यालय जान दिएका थिएनन् ,' पत्रकार अजिता नाजिमीले तोलो न्यूजसँग भनिन्। 'उनीहरूको पाँचवर्षे शासनपछि मैले २५ वर्ष पढेँ र मेहनतका साथ काम गरेँ। हाम्रो भविष्य राम्रो बनाउनका लागि पनि अब यस्तो हुन दिनुहुँदैन,' उनी भन्छिन्।

रोएटर्स समाचारसंस्थाले सोराया नाम गरेकी एक प्रदर्शनकारीलाई उद्धृत गर्दै तालिबानले महिलाहरूलाई बन्दुकको म्यागझिले टाउकामा रगताम्मे हुनेगरी हानेको जनाएको छ।
- बीबीसी 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement