यो अफिसमा काम गर्नु मेरो बाध्यता हो । मैले पैसा नकमाए घरमा चुल्हो बल्दैन । आमाको दम र बाको मुटु रोगको औषधि पनि मैले नै किन्नुपर्छ । भाइबहिनीको पढाइ पनि मेरै जिम्मामा छ । बाले अर्काको बनिबुतो गरेर मलाई पढाउनुभयो । उहा“ अशक्त भएपछि घर खर्च जुटाउनु मेरो दायित्व पनि हो । आप्mनो पढाइलाई पनि अघि बढाउनु छ । तल्लै पदको भए पनि पाएका बेला मैले जागिर खानैपथ्र्यो । त्यसैले चल्तीको एउटा सरकारी कार्यालयमा भर्ना भए“ ।
यो ढाडे नै ढाडेहरूको अफिस हो । यी ढाडे बिरालाहरूको अफिसमा मलाई काम गर्न पटक्कै मन छैन । ढाडेहरूले देशको ढुकुटीमा तर मारेको टुलुटुलु हेरेर बस्न बाध्य भएकी छु । इज्जत भन्ने कुरा सानाठूला सबैको हुन्छ नि ! यो कुरा यी ढाडेहरूलाई थाहा नभएको हो र ! मुखले चाहि“ नारी अधिकार र सम्मानका कुरा गरेर कहिल्यै थाक्दैनन् तर व्यवहार भने कति निकृष्ट ! अन्त कतै स–सानो जागिर भेटेदेखि यी कामचोरहरूको अफिसमा किन बस्थे“ र ! यी ढाडेहरूलाई मेरो कामभन्दा फुलेको यौवन प्यारो छ । एउटा ढाडेको आ“खा मात्र हो र π दर्जनौं ढाडेका दुई दर्जन कामुक आ“खा मेरो फुलेको यौवनमा झुम्मिन्छन् । तिनका आ“खाको तीरोहण कति सहनु π हाकिम भनाउ“दो नकटो त अझ यति कामुक छ, आइमाईको गन्ध सय हात परैबाट चाल पाइहाल्छ । तरमारा ढाडे ! एकदिन त मलाई भन्दोरहेछ, ‘विन्दा, भरे बेलुका मेरो क्वाटरमा आऊ है !’ मैले, ‘किन र सर’ भन्दा उसको जवाफ थियो–‘तिमीलाई तिम्रो पढाइअनुसारको जागिर भएन । म कतै भनसुन गरिदिउ“ला । त्यसैका लागि सल्लाह गर्न ।’
मैले सोधे“, ‘किन सर, क्वाटरमै आउनुपर्छ र !’ उसले मसक्क मस्केर भन्यो, ‘बाहिर हल्लाखल्ला हुन्छ । कामै नगरी किन सडकमा कुरा ल्याउनु ।’ देशमारा भतुवाहरू कस्ता स्वार्थी ! खुब मेरो समस्या देख्ने भएको ! आफ्ना स्वास्नी साथमा नभएपछि दुनिया“ चेलीको अधरमा आ“खा गाड्छन् । गरिब र बेरोजगारको दुःख, पीडा बुझ्ने भए गरिबको नाममा आएको पैसा तलदेखि माथिसम्मका मिलेर भ्mवाम पार्ने थिएनन् नि । समय छउन्जेल बा“डफा“ड नगर्ने, असार लागेपछि हाप र झाप गर्दै कागजी घोडा दौडाएर पैसा सिध्याउने । हाकिमको टेबुलमा कागजमै योजना बन्छ । कागजमै ओभरसियर हि“ड्छ । इन्जिनियर पुग्छ । अनुगमन गर्छ । कागजमै पास हुन्छ । अनि सुरु हुन्छ, भागबन्डाको कुटिल राजनीति । राजनीतिक पार्टीलाई कति, कर्मचारीलाई कति, हाकिमदेखि खरदारसम्मलाई हैसियतअनुसार भाग लाग्छ । के गर्नु, देश खाने त यिनै हुन् नि !
आखिर जो सरकारमा गए पनि यस्तै रहेछ । जनताले के फरक महसुस गर्न पाएका छन् र ! देशको ढुकुटीमा यिनीहरूको हालीमुहाली ! खाने बेलामा खरदारदेखि हाकिमसम्म एकमुख, ठूला ढाडे र साना ढाडेहरूको । आखिर हामीले सधै“ ढाडेकै शासन भोग्नुपर्नेरहेछ । गरिब त चुसेचुसे । विकास त सकेसके । देश त खाएखाए । फेरि मेरो यौवनको यिनीहरूलाई किन लोभ ? पैसा भएपछि अरू थोक त नचाहिनुपर्ने नि, तर मलाई देख्नासाथ ढाडेहरूका आ“खा मेरो यौवनमा टा“सिइहाल्छन् । एकदिन मात्र हो र सधै“ उस्तै । मेरै स्तरको कर्मचारी उत्तमस“ग बोल्यो भने त्यो भातमारा खरदार रिसाउ“छ । तरमारा सुब्बा रिसाउ“छ । गरिबमारा अधिकृत रिसाउ“छ । देशमारा हाकिम रिसाउ“छ । के मेरो यौवन यी ढाडेहरूकै आ“खामा मोहनी लाग्न फुलेको हो र ? मेरो मन मिल्छ, स्तर मिल्छ, कुरा मिल्छ, काम मिल्छ, योग्यता मिल्छ भने म उत्तमस“ग नबोलू“ ! मेरो वर्ग मिल्छ भने उत्तमस“गै मिल्छ । वर्गै नमिल्ने यी ढाडेस“ग म किन खुसामद गरू“ ?
त्यो घोप्टे चश्मा लगाउने शाखा अधिकृत अझ माम्पाको छ । जे चाहिए पनि किरिङकिरिङ घन्टी बजाउ“छ, अनि भन्छ, ‘ए विन्दा, यता आऊ । एकछिन यही“ बस न ! तिमी अफिस आयौ कि आइनौ भनेर बुभ्mन खोजेको ! तिमी अफिस नआउ“दा दिउ“सै अ“ध्यारो भएजस्तो लाग्छ ।’ अझै तल गिरेर भन्छ, ‘अलि वरै बस न, किन लजाएकी ! मस“ग पनि लजाउने हो ! यसैपालि अफिसमा सेक्रेटरीको दरबन्दी आउ“छ । म जसरी भए पनि त्यो पद तिम्रो लागि सुरक्षित राख्छु । हाकिमस“ग कुरा भैसक्या छ । त्यो उत्तमले तिमीलाई धेरै हेपेको छ । तिमीलाई माथिल्लो पदमा नियुक्ति दिएपछि देख्छ त्यसले बाउको बिहे ! त्यतिबेला तिमीलाई ‘तिमी’ भन्ने आ“ट कसको ? अनि तिमी हुन्छ्यौ, ‘विन्दा म्याम’ । उत्तमेले तिमीलाई सोझो आ“खाले पनि हेर्न सक्दैन । मेरो कुरा कस्तो लाग्यो कुन्नि !’
प्वाक्क मुखमा हान्नुजस्तो । केटी देखेपछि जातै बिर्सन्छ । होटलमा चिया पिउ“दा कोही दलित बस्यो भने कि चिया छोडेर हि“ड्छ कि अगाडि नै पर अर्को टेबुलमा जान्छ । मेरो फुलेको यौवन देखेपछि बिर्सन्छ सारा जातीय तगराहरू । अनि जात भनेको के रहेछ त ! राम्री केटीको चाहि“ जातै बिर्सिने ! राम्री देखेपछि दलित न सलित, झुम्मिन्छन् पूmलमा भमरा झुम्मिएभै“m । यी ढाडेहरू नमासेसम्म जातीय विभेद कहा“ मेटिएला खै !
अफिसमा काम केही हु“दैन अनि भन्छ, ‘विन्दा, चिया पिउन जाऊ“ ।’ चिया पिउने त्यो इच्छाभित्र गोमन सर्प लुकेको मलाई थाहा छैन र π म महाभारतकी मत्स्यगन्धा, कुन्ती, द्रौपदी त होइन नि π अर्काको यौवन फुलेको देख्दैमा घुटुघुटु थुक निल्नुहुन्छ ! म यी सबैस“ग टा“सिएर हि“डे सबै खुसी हुने । अपराधीहरू । त्यो ढुकुटी फोरुवा लेखापाल झन् हु“दै नहुने छ । बेलानकुबेला चिया मगाउ“छ अनि जिस्किन्छ, ‘पैसा तिमीले तिर्ने होला नि हगि विन्दा ।’ लाज पचेको नकचरो । हाकिमस“ग मिलेर त्यत्रो पैसा लफन्ड्यायो । जिल्लामा आएको दुई वर्षमा काठमाडौंमा चारतले घर ठड्यायो अनि मलाई चाहि“ भन्छ, ‘चियाको पैसा तिर्नु पर्दैन लाटी ! एउटाको तिन्टा भनेर बिल ल्याऊ न । अलि निकै भएपछि म चेक काटेर दिउ“ला ।’ हैन, मलाई त्यो जु“गामुठे लेखापालले के सोचेको ! के म दुई कप चियाका लागि देशलाई ढा“ट्न सक्छु ! आपूmचाहि“ लाखौं–करोडौंमा देश ढा“ट्छ । मलाई एककप चियासित देश ढा“ट्न लगाउ“छ ।
एकदिन म उत्तमसित आप्mना दुःख पोखिरहेकी थिए“ । हामी अलि बढी संवेदनशील भएका थियौं । हुन्छन् नि, एउटा पेसा, एउटा स्तरका मान्छेहरूको उस्तैउस्तै कथाव्यथा । हामीले गफ गरेको कत्रो रिस लागेछ भु“डे सुब्बालाई ! मस“ग झर्किएर भन्छ, ‘विन्दा, के चाला हो ! छिल्लिएर बस्ने कि फाइल हाकिमकहा“ लाने ! आफ्नो काम के हो, थाहा छैन ?’ उसले च्या“ठ्ठिएर त्यसो भन्दा पनि म एक शब्द बोलिन“ । मेरो कम बोल्ने बानीको फाइदा यिनीहरूले लिइरहेका त हैनन् † मलाई झोक चल्दै आ’को छ । पियनको जागिरको के माया ! कुन दिन यी ढाडेहरूको बेइज्जत हुनेगरी यिनका सारा करतुत सार्वजनिक गरेर हि“ड्छु अनि चाल पाउ“छन् । प्रशासन फा“टको खरदार त झनै मतिभ्रष्ट छ । जा“डमा डुबेको डुब्यै । खालमा जमेको जम्यै । मेरो संवेदनशीलताको वास्तै नगरी ठाडै जिस्क्याउ“छ । उत्तम र म एउटै बेन्चमा बसेको देख्यो भने भित्रभित्रै मुर्मुरिन्छ । अनि एक्लै भएको बेला पारेर भन्छ, ‘के हो विन्दा, निको चाला छैन नि ! जावो पियनस“ग केको गुप्ती कुरो हो । हामी छैनांै र !’ कुरा सुन्दा एकचोक्टा मासु लुछ्दा पनि रिस नमर्ने । उत्तमस“ग मेरो कुरा मिल्छ रे, यिनीहरूले रिस गरेर हुन्छ ! म पनि पियन हु“ । मैले पियनको मन राख्नुपर्दैन ! मान गर्नुपर्दैन ! ठूला भनाउ“दा ढाडेहरूलाई दुईहात जोड्दाजोड्दा हातै खिइए जस्तो लाग्न थालिसक्यो । ढाडेहरूलाई मान गर्दागर्दै उल्टै चिर्थोर्लान् भन्ने डर । मैले मानमनितो गर्नु पर्ने त उत्तम हो । अफिसमा मेरो पीरमर्का बुझ्ने ऊबाहेक अर्को को छ र ! मुसाको पीर मुसाले नै बुझ्छ । मुसीको बिहे पनि मुसास“गै हुन्छ ।
कामचोर, तरमारा ढाडेहरूले मलाई माया गरेका हुन् र ! त्यो म बुझिहाल्छु नि ! मेरो उमेर, रूपरङ्ग देखेर लहसिएका मात्र हुन् । खै, उत्तम त्यस्तो असामान्य व्यवहार केही देखाउ“दैन । हामी अन्तर¨ कुरा पनि गर्छौ“ । ऊ कहिल्यै इतरिएर बोलेको मैले सुनेकी छैन । सधै“ शालीन, भद्र देखिन्छ । सा“च्चै भन्ने हो भने हाकिममा हुनुपर्ने गुण उत्तममा छ । मस“ग टा“सिन खोज्ने ढाडेहरू उत्तमस“ग चाहि“ परपर हुन खोज्छन् । रिस पनि गर्छन् । उनीहरूको भित्री मनसाय मैले बुझेकी छु । उत्तम नआएको दिन ढाडेहरू निकै खुसी देखिन्छन् । उत्तम आएको दिन झर्को र फर्को गर्छन् । उसको रिस मलाई मेरो रिस उसलाई पोख्छन् । विवेकहीन ढाडेहरू । उत्तम अनपढ पियन भएको भए उहिल्यै निकालिसक्थे । ऊ पढालेखा र तर्कशील छ । भित्रभित्रै मुर्मुरिए पनि गाली गर्ने आ“ट गर्दैनन् । त्यसमाथि म पनि उसकै साथ दिन्छु । त्यसैले होला, ढाडेहरू पराजितजस्ता देखिन्छन् । उत्तमको र मेरो सामीप्य देखेर उनीहरूमा औडाह छ । कामुक ढाडेहरूमा आरिस बढेको छ ।
पछिल्ला दिनमा उत्तम र मेरो विवाहको हल्ला सुनेर बढ्तै आरिस गर्न थालेका छन् । ढाडेहरूलाई पियनहरूको रिस गरेर के मिल्ला † सरकारले दिएको बाक्लो दूधको तर मारेर मस्त सुत्नु नि ।
लेखक :माधव सयपत्री