Advertisement
Advertisement
Advertisement
Advertisement

डिजाइन प्यासन नै काजलको लक्ष्य

  |      08:55:00   |  
डिजाइन प्यासन  नै काजलको लक्ष्य

काठमाडौं। खाँदै गरेको बैंकको  जागिर चटक्क छोडेर दुई वर्ष अगाडि डिजाइन कोर्ष पूरा गरी फेसन डिजाइनमा हाम फालेकी डिजाइनर काजल थापा छोटो समयमै नेपालमा लोकप्रिय डिजाइनका रुपमा चिनिन सफल छिन् ।

दुई वर्ष अगाडि कुपन्डोलस्थित काजल क्रियसन संचालनमा ल्याएकी काजलको डिजाइनमा नेपालका लोकप्रिय कलाकारदेखि लिएर सामान्य महिलासमेत लठ्ठिएका छन् । जुन कुराले उनलाई डिजाइनका रुपमा फेसन जगतमा स्थापित नै गराएको पनि छ ।

धरान जन्मथलो भए पनि काठमाडौंलाई विगत ५ वर्षदेखि कर्मथलो बनाउँदै आफूलाई स्थापित डिजाइनरका रुपमा चिनाएकी  डिजाइनर काजल छोटो समयमा नै नेपालको सफल तथा लोकप्रिय डिजाइनरका रुपमा आफूलाई उभ्याउने सफल पात्र पनि हुन् ।

नेपालमा चलेका सेलिब्रेटी कलाकार दीपाश्री निरौला, झरना थापा, कोमल ओली, गरिमा पन्त, बेनिसा हमाल, अञ्जु पन्त, साइमा श्रेष्ठलगायतका व्यक्तिहरुको नजरमा समेत परेकी डिजाइनर काजलले आफ्नो क्षमताकै कारण विभिन्न अवसरमा उनले बनाएका पहिरनले बेस्ट ड्रेसको सम्मानसमेत पाएकी छिन् ।

नेपालमा  हुने विभिन्न इभेन्टमा उनले डिजाइन गरेका पहिरनमा सजिएका कलाकार तथा सर्जकलाई देख्न सकिन्छ । भन्छिन्, ‘पहिला काजल कृयसनमै आएर अर्डर गर्नेहरु अहिले फोनको भरमा मलाई यस्तो पहिरन चाहियो भन्दै अर्डर गर्ने गर्छन् ।’

पहिला पनि धेरै फ्लो थियो । अहिले  ५०  प्रतिशत ग्राहक पहिलेकै छन् भने अरु नयाँ उनको नामै सुनेको भरमा आउने गरेका छन् ।


कुनै पनि कुराको सकारात्मक र नकारात्मक पक्ष हुन्छन्, तर डिजाइनर काजललाई डिजाइन पेशाले नाम, काम र दाम सबै दिएको छ । काजल क्रियसनमा अहिले ४ सहयोगी छन् । जसको घरको चुलो काजलकै प्रयासले बल्न सम्भव भएकोमा उनी  गर्व गर्छिन् । उनले सन् २०१४ मा सोलो फेसन सोसमेत गरेकी थिइन् ।

अर्काेतिर महिलाहरु घरको चुलो चौकामा मात्र सिमित नभई आत्मनिर्भर हुन सक्ने र आफूभित्र भएको क्षमता बाहिर ल्याउन सक्छन् भन्ने कुरालाई व्यावसायिक रुपमा काम गरेर देखाउने उदाहरणीय महिला व्यवसायीका रुपमा काजल चिनिन्छिन्  ।

उनले हालसम्म ७ वटा फिल्म १५ वटा म्यूजिक भिडियोका लागि उनले डिजाइन गरेकी छिन् । धरानमा हुर्किएकी काजलले बिगत ६ वर्षदेखि काठमाडांैलाई कर्मथलो बनाएकी  हुन् । छोटो समयमा नै नेपालमा सफल र लोकप्रिय डिजाइनरका रुपमा आफूलाइ उभ्याउन सफल डिजाइनर मेहनत र निरन्तरको प्रयास तथा प्यासनले आफूलाई आज यो ठाउँमा ल्याएको बताउँछिन् ।


आगमी दिनमा नेपाली फेसन जगत्लाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र नेपाली प्रोडक्टलाई समेत प्रोमोट गर्दै नेपाली डिजाइनरको पहिचान कोर्नका लागि नयाँ डिजाइन तथा फेसन क्रियसनमा कटिवद्ध भएर लाग्ने उनको योजना छ । नेपालमा फेसनलाई व्यावसायिक तथा पेशाका रुपमा लान सकिने र नवागन्तुकलाई फेसन डिजाइनमा लाग्ने सोच भएर अध्ययन गरेर मात्र नभई सुनेको भरमा नआउन् भन्ने उनको सुझाव छ । यदि डिजाइना आफ्नो भविष्य छ भन्ने लाग्छ भने प्यासनका रुपमा प्रवेश गर्न सल्लाह दिन्छिन् । अन्तत:  डिजाइन क्षेत्र व्यावसायिक रुपमा परिणत भएको र यो क्षेत्रको भविष्य पनि आकर्षक रुहेको उनी बताउँछिन् । वास्तवमा नेपालको फेसन जगत्को दायरा जति फराकिलो हुँदै गएको छ उति नै नेपालमा फेसनको स्तर द्रुत गतिमा अगाडि बढ्दै गएकाले होला मानिसहरुमा डिजाइन क्षेत्रको आकर्षण ह्वात्तै बढेको काजलको ठहर छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement