पुस २७ ,काठमाडौं । विद्या राई र जुनुमाया छत्यालले २६ औं पुरुस तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान राखेका छन् ।
बिहिबार भएको मध्यपुर थिमीस्थित थिमी बैंक्युटमा भएको प्रतियोगितामा सिनियर महिला ७१ केजीमा जुनुमायाले क्लिन एन्ड जर्कमा ९३ केजी भार वहन गर्दै ९२ केजीको र स्न्याचमा ७३ केजी गरी जम्मा १६६ केजी भार वहन गर्दै स्वर्ण जितिन् । सिनियर महिलाको ८७ केजीमाथि विद्याले क्लिन एन्ड जर्कमा कीर्तिमान रच्ने क्रममा ९२ केजी वमिन्जन उठाइन् । उनकै नाममा ९१ केजीको कीर्तिमान थियो । क्लिन जर्कमा ९२ केजीसहित स्न्याचमा ६५ केजी गरी कुल १५७ केजी तौल उठाउदै विद्याले स्वर्ण जितिन् ।
नेपाल भारोत्तोलन संघद्वारा आयोजित प्रतियोगिताको सिनियर महिला ८७ केजीमुनि प्रहरीकी जयन्ती श्रेष्ठ, ७६ केजीमा प्रहरीकी पूजा कुमाल र ८१ केजीमुनि प्रहरीकै तारादेवी पुन पहिलो भए ।
युथको महिला ७१ केजीमा ललितपुरकी खुशी चौधरीले हात पारिन् ।
१ सय ६४ खेलाडीले यो तीनदिने प्रतियोगितामा प्रतिस्पर्धा गरेको आयोजक भारोत्तलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले बताए ।