Advertisement
Advertisement
Advertisement
Advertisement

जापनी मोडल एरिको खोटाङका विद्यार्थीलाई उपहार बाड्दै

  |      12:29:00   |  
Japanese Model Arico Distributing Gifts to Students in Khotang
Japanese Model Arico Distributing Gifts to Students in Khotang

असार २९, खोटाङ। खोटाङ, दुर्छिम ५ छापडाँडास्थित युमि स्कुलका विद्यार्थीहरुलाई जापानी मोडल तथा सेलिब्रिटी एरिको कुरासिताले पुस्तक तथा अन्य उपहारहरु प्रदान गरेकी छिन् । जापानको ठूलो शहर मध्येको एक तोतोरीले उनलाई ब्राण्ड एम्बेसडर बनाएको छ । यो स्कुल हेर्नकै लागी कुरासिता जापानबाट आईपुगेकी थिईन् ।

एरिकोले युमि स्कुलका विद्यार्थीहरुसँग आफ्नो अनुभब बाँडिन् । उनले जापानबाट बोकेर ल्याएको ‘तोतोरी प्रिफेक्चर’ पुस्तक र अन्य केही उपहारहरु प्रदान गरिन् । जापानका केही शहर, त्यहाँको संस्कृति र इतिहास झल्काउने तस्विर कथा समेटिएको पुस्तक उपहार पाउँदा धेरै विद्यार्थीहरु हौसिएका थिए । जापानी मोडल एरिकोले नेपाली गीतमा नाँच्न समेत भ्याइन् । युमि स्कुलका भाई बहिनीहरुबारे खिचिएको भिडियो उनले जापानका स्कुलमा पनि देखाउने छिन् ।

जापानमा बसोबास गर्दै आएका दिनेश रताला जोशी र शरदचन्द्र राईको संयुक्त पहलमा सञ्चालन गरिएको छापडाँडास्थित युमि स्कुल नमुना बन्दैछ । चर्चित फ्रेन्च लेखक तथा समाजसेवी म्याथ्यु रिकार्डले पनि यो स्कुलमा पाइला टेकिसके । युमि स्कुलले पढाईका अतिरिक्त विद्यार्थीहरुलाई मनोरन्जन र ज्ञान दिलाउने उद्देश्य टिभी हेर्न पाउने, इन्टरनेट चलाउन पाउने सुबिधा दिएको छ । टाढा–टाढाबाट हिंडेर आउने विद्यार्थीहरु स्कुल आउन अचेल हतारिन्छन् । स्कुलमा पहिलाको भन्दा सहभागिता बढेको सुनाउँछिन्, प्रिन्सिपल, मुनिया चौधरी । ‘पहिले राम्रो शिक्षाका लागी धरान, बिराटनगर, काठमाडौं जानेहरु अहिले यतै पढ्न थालेका छन् ।’ युमि ट्रस्टको नेपाल स्थित कार्यक्रम संयोजक सरस्वती राईले भनिन् ‘हाम्रा विद्यार्थीहरुले देश–विदेशका अन्य विद्यार्थीहरुसाग एक अर्काका भएको ज्ञान बाँडुन् भन्ने चाहन्छौं ।’

खोटाङको बिकट गाउ वानम्लाकी खुस्मिता राई हरेक दिन तीन घण्टा हिंडेर स्कुल पुग्छिन् । कक्षा २ मा पढ्ने ९ वर्षकि खुस्मितासँगै युकेजी पढ्ने उनका भाई अविनास पनि हिंडेरै स्कुल आउँछन् । लामो बाटो हिंडेरै दुर्छिमको युमि स्कुल आउन उनीहरुलाई दु:ख लाग्दैन । बरु उल्टै खुसी लाग्छ । किन ? किनभने उनीहरुलाई अचेल स्कुलमा टेलिभिजन हेर्ने सुबिधा दिईएको छ । ‘मलाई छिट्टै स्कुल पुग्न हतार हुन्छ ।’ खुस्मिताले सुनाईन्, ‘टिभी हेर्न पाउँदा रमाईलो लाग्छ ।’

वानम्लाका खुस्मिता र अविनास जस्तै चुनाखु गाउका विवेक राई (१०) पनि अचेल दंग छन् । उनको घरबाट स्कुल आईपुग्न डेढ घण्टाको बाटो हिंड्नुपर्छ । कक्षा ४ मा पढ्ने विवेकसँगै उनको गाउबाट आउने अरु ७ जना पनि अचेल खुसीले स्कुल आईपुग्छन् । ‘टिभीमा कार्टुन हेर्न मन लाग्छ ।’ विवेकले भने, ‘हामी समुहमा बसेर टिभी हेर्ने गर्छौं ।’ कक्षा ३ मा पढ्ने बइन्द्र राईलाई पनि टिभी हेर्न खुब मन पर्दो रहेछ । खेलकुदमा र चित्र बनाउन पनि उनलाई निकै रहर छ ।

दुर्छिमको छापडाँडा खोटाङको सदरमुकामबाट ६ घण्टा टाढा छ । यहाँ बिजुली बत्ति, पिउने पानी, गाडीको असुबिधा छ । पिउने पानी ल्याउनका लागी एक घण्टा टाढाको बाटो हिंड्नुपर्छ । विद्यार्थीहरुलाई टाढा–टाढाबाट हिंडेर स्कुल जान समस्या छ । तर धेरै असुबिधा र कठिनाईहरु भएपनि स्कुलमा पाइने राम्रो वातावरणले सबै दु:ख, पीडा भुलाईदिएको छ ।

केही महिनाअघि इन्टरनेट सुबिधा पाएपछि विद्यार्थीहरुमा अर्को खुसी थपिएको छ । आफूलाई मन लागेका, जिज्ञासा लागेका कुराहरु उनीहरु इन्टरनेटका माध्यमबाट कम्प्युटर र मोबाईलमा हेर्छन् । शिक्षकहरुले पनि मोबाइल, कम्प्युटरका माध्यमबाट विद्यार्थीहरुलाई नौला कुराहरु सिकाउँछन् । ‘अब विदेशी स्कुलमा अध्ययनरत विद्यार्थीहरुसँग स्काइप मार्फत गु्रपमा कुराकानी गर्ने तयारी भईरहेको छ ।’ युमिकी शिक्षक जंग एक्तेन लिम्बुले भने, ‘हामी दुई देशका विद्यार्थीहरुबिच एक अर्काका भएको ज्ञान बाँडुन् भन्ने चाहन्छौं ।’


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement