Advertisement
Advertisement
Advertisement
Advertisement

छोरा पाउने आशाले ज्यानै जोखिममा

  |      20:07:00   |  
पालमुनि छोरीहरूका साथ भुटीदेवी
पालमुनि छोरीहरूका साथ भुटीदेवी

मनोहरकुमार पोखरेल ►

भदौ १६, राजविराज। सप्तरीकी ३५ वर्षीया भुटीदेवी राम उमेरभन्दा निकै पाकी देखिन्छिन् । तिरहुत गाउँपालिका ५ लोहजरा बुधेवा टोलकी भुटीदेवीले छोरा पाउने आसमा एकपछि अर्को गर्दै ६ छोरी जन्माई सकिन् । जेठी छोरीको उमेर १७ वर्ष पुगिसकेको छ तर पनि उनलाई एउटा भए पनि छोरा जन्माउनुपर्ने पारिवारिक दबाब छ।


पालमुनि छोरीहरूका साथ भुटीदेवी
जेठी छोरीको जन्म भएपछि जुम्ल्याहा छोरी भएका र चौथो सन्तानका रूपमा पनि छोरी नै भएपछि पुनः जुम्ल्याहा छोरी जन्मिएको उनले बताइन् । पटकपटक सुत्केरी हुनु तथा पोषिलो खानपिन र आराम नपाउनाले उनको शारीरिक अवस्था दिनानुदिन कमजोर हुँदै गएको छ । त्यसमाथि कामको बोझ बढ्दै गएको छ । तर, सामाजिक र पारिवारिक दबाबका कारण छोरा पाउने आस भने अझै मारेकी छैनन् उनले ।

 

छोरी सबै बिहे गरेर अर्काको घर जान्छन्, बुढेसकालको सहाराका लागि पनि छोरा त चाहियो नि । छोरा नभए वंश रोकिने हुनाले एउटा भए पनि छोरो त चाहिन्छ । -भुटीदेवी राम, ६ छोरीकी आमा
 

छोरा नभए समाजले अपुतो भन्ने र छोरीको विवाह गरेर ज्वाइँको घर पठाएपछि बुढेसकालको सहारा छोरा मात्र हुने भएकाले पनि छोरा आवश्यक भएको उनको भनाइ छ । ‘छोरी सबै बिहे गरेर अर्काको घर जान्छन्, बुढेसकालको सहाराका लागि छोरा त चाहियो नि’, भुटीदेवीले सुनाइन्, ‘छोरा नभए वंश रोकिने हुनाले एउटा भए पनि छोरो त चाहिन्छ ।’

 

बढी कमाइको आसमा रोजगारीका लागि श्रीमान् काठमाडौं लागेपछि उनले नै सम्पूर्ण घर व्यवहार सम्हालेकी छन् । श्रीमान्को एक्लो कमाइले घर धान्न नसकेपछि भुटीदेवी पनि गाउँमा मजदुरी गर्छिन् । छोरीहरूको उमेर बढेसँगै घरखर्च अभाव भएपछि उनले कक्षा सात पढ्दै गरेकी जेठी छोरी रञ्जितालाई विद्यालयबाट निकालेर मजदुरी गर्न लगाइन् । अहिले जेठी छोरी पनि काम गरेर घरखर्चमा सहयोग पुर्‍याउँछिन् ।

 

छोराको आसमा ६ छोरी जन्माएका राम दम्पतीको जीवन सन्तान हुर्काउँदैमा बितिरहेको छ । छोरीहरूकै लालनपालमा सबै खर्च हुने भएकाले बस्ने छाप्रोसमेत उनीहरूले जोड्न सकेका छैनन् । ऐलानी जमिनमा बनाएको एउटा झुप्रो पनि साउन २८ गते महुली खोलामा आएको बाढीले भत्काएपछि उनीहरू शरणार्थी बनेका छन् ।

 

छोरा नजन्मेसम्म सन्तान जन्माइरहने बस्तीको चलन नै देखिन्छ । खासगरी अशिक्षित दलित परिवारमा छोरा नभएसम्म महिला सुत्केरी भइरहेको देखिन्छ । उनका देबर राजदेव रामका पनि तीन छोरी र एक छोरा छन् । छोरा नहुनुमा सन्तान जन्माउने आमालाई नै दोषी देख्ने अशिक्षित समाजका कारण पनि यस्तो हुने गरेको स्थानीय शिक्षक बेचु यादवले बताए ।

 

लगातार ६ छोरी भएपछि उनमा आत्मग्लानीका साथै मानसिक तनाव पनि निकै बढेको छ । जतिपटक छोरी भए पनि छोराको आस गर्नैपर्ने भुटीदेवीको बाध्यता छ । छोरा नभएकै बहानामा श्रीमान्ले दोस्रो विवाह गर्न सक्ने उनको मनमा ठूलो त्रास छ । श्रीमान्ले दोस्रो विवाह गरे आफ्नो र छोरीहरूको झनै बिजोग हुने भयले भुटीदेवी ज्यान जोखिममा पारेर भए पनि छोराको आस गर्न बाध्य छिन् । साभार: अन्नपुर्ण पोष्ट


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement