असार १७ चितवन । चितवनको कालिका नगरपालिकाका २५ जना छात्रालाई चेली नेपालले छात्रवृत्ति प्रदान गरेको छ ।
नगरपालिकाको सिद्धी, पदमपुर, जुटपानी लगायतका क्षेत्रका विद्यालय तहका छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो । उक्त क्षेत्रका मानव बेचबिखन र लैगिंक हिंसाको उच्च जोखिममा रहेका बालिका तथा किशोरीहरुलाई ३ वर्षयता छात्रवृत्ति दिँदै आएको चेली नेपालले जनाएको छ ।
कालिका नगरपालिका ६, को कार्यालयमा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक बिनोद सिग्देलले छात्रवृत्ति हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा चेली नेपालका कार्यक्रम निर्देशक सुरेन्द्र प्रसाद चाँपागाईले महिलाहरु बौद्धिक र आर्थिक रुपमा सक्षम नभएसम्म महिलामाथि हिंसा अन्त्य नहुने भन्दै महिलाहरुलाई सक्षम बनाउनका लागी चेली नेपालले छात्रवृत्ति कार्यक्रम संचालन गरेको बताए ।