Advertisement
Advertisement
Advertisement
Advertisement

चुलो-चौकामा सीमित हुने छोरी पुस्ता मैदानमा

  |      00:00:00   |  
चुलो-चौकामा सीमित हुने छोरी पुस्ता मैदानमा

 

काठमाडौं । गाउँघरमा घाँस दाउरा, कुटो कोदालो र चुलो-चौकामा सीमित हुने छोरी पुस्ता अब जनमतसहित आफ्नो गाउँ र नगरलाई समृद्ध बनाउने अभियानमा लम्किन थालेका छन् । समाजमा भित्रिएको विकृति र विसंगतिलाई सफा गर्न आफैं अग्रसर भएका युवतीहरु न्यायपूर्ण समाज निर्माणका लागि जनताबाट अनुमोदित हुन चाहन्छन् । छोरीबाट श्रीमती, बुहारी, आमा र सासूको पहिचानमा सीमित हुने युवती राजनीतिमा होमिएर मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य हुने प्रतिस्पर्धामा लागेका छन् । राजनीतिबाट टाढा रहन खोजिरहेको युवापुस्तालाई राजनीतिमा होमिन प्रेरित गर्ने युवतीका कथा रोचक र आत्मसात गर्नलायक छन् ।

 

पारिवारिक पृष्ठभूमि, सामाजिक वातावरण, राजनीतिक परिस्थिति र संवैधानिक व्यवस्थाले वैशाख ३१ गते ३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लामा हुन लागेको स्थानीय तहको निर्वाचनमा होमिएका प्रतिनिधिमूलक युवतीमा देखिएको उत्साह हेर्नलायक छ । स्थानीय तहमा प्रमुख र उपप्रमुखमध्ये एक महिला हुनुपर्ने संवैधानिक व्यवस्थाले राजनीतिक दललाई पनि साँघुरो घेरामा सीमित महिलालाई राजनीतिको अग्रमोर्चामा अगाडि ल्याउन बाध्य पारेको छ । तीन प्रदेशभित्रका चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका र एक सय ८६ गाउँपालिका गरी दुई सय ८३ स्थानीय तहमा प्रशस्त महिला उम्मेदवार प्रतिस्पर्धामा छन् । विश्वविद्यालयमा अध्ययनरत, सञ्चारमाध्यममा कार्यरत, राजनीतिमै क्रियाशील, अदालतमा कार्यरत युवती जनताबाट अनुमोदित हुन अहिले निर्वाचनमा होमिएका छन् । कास्की आवाज राष्ट्रिय दैनिककी अध्यक्ष, रेडियो अन्नपूर्णकी वरिष्ठ आरजे तथा नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षदको जिम्मेवारी छाडेर सरस्वती गुरुङ पोखरा लेखनाथ महानगरपालिकाको उपमेयरको प्रतिस्पर्धामा उत्रिनुभएको छ ।
 

कारोबार दैनिकमा कार्यरत पत्रकार राधिका ढकाल काभ्रेको मण्डन देउपुर नगरपालिकाको उपमेयर, नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद लक्ष्मी पौडेल सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाको उपाध्यक्षमा, कालिका एफएमकी स्टेसन म्यानेजर तथा टिभी कालिकाकी निर्देशक रिना गुरुङ भरतपुर महानगरपालिकाको उपमेयरमा, पत्रकार सरिता महतो चितवनको माडी नगरपालिकाको उपमेयरमा प्रतिस्पर्धामा उत्रिएका छन् ।
सशस्त्र द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट मारिएका पिताका दुई छोरी कविता र सृष्टिजस्ता युवती पनि निर्वाचनको प्रतिस्पर्धामा होमिएका छन् ।

 

उपमेयर कविता ढुंगाना
नुवाकोट बेलकोटगढी नगरपालिकाको उपमेयरमा अधिवक्ता कविता ढुंगानाले उम्मेदवारी दर्ता गराउनुभएको छ । निर्वाचन कार्यालयमा ढुंगानाले माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको हो । कविता नुवाकोट जिविसका पूर्वसभापति भरत ढुंगानाकी छोरी हुनुहुन्छ । एमालेबाट निर्वाचित भरत माओवादीमा लागेपछि राज्यद्वारा मारिनुभएको थियो । बुबाको सपना साकार पार्नु र आफूले सिकेको ज्ञान र अनुभवका आधारमा विकास निर्माणका योजना र कार्यक्रम बनाएर लागू गर्नु कविताका मिसन हुन् ।
अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय राजनीतिबाट कविता आफ्नो गाउँको जनप्रतिनिधि बन्ने अपेक्षासहित प्रतिस्पर्धामा उत्रिनुभएको छ । बेलकोटगढीलाई सुन्दर र समृद्ध बनाउने लक्ष्य र उद्देश्यसहित चुनावी प्रतिस्पर्धामा उत्रिनुभएकी कविता भन्नुहुन्छ, ‘मेरो नगरपालिकामा कसैलाई पनि अन्यायमा पर्न दिने छैन । न्यायपूर्ण समाज निर्माण गर्ने र नगरपालिकालाई सुन्दर र समृद्ध बनाउने मसँग गतिला योजना छन् र बन्दै जानेछन ।ु

 

उपमेयर सृष्टि रेग्मी
एमालेका तर्फबाट बाजुराको बुढीनन्दा नगरपालिकाको उपमेयरकी उम्मेदवार सृष्टि रेग्मी निडर देखिनुहुन्छ । पोखरा युनिभर्सिटी सेन्टर कलेजबाट ब्याचलर इन इन्जिनियरिङ सकेर जिल्ला प्राविधिक कार्यालय बाजुरामा तीन महिनादेखि काम गर्दै आउनुभएकी सृष्टि अनेरास्ववियुकी केन्द्रीय सदस्य हुनुहुन्छ । कोल्टी गाविसका गाविस सचिव बुबा ताराचन्द्र रेग्मीलाई ०६० सालमा तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेका थिए । किशोर अवस्थामै बुबाको हत्या भएपछि बुबाको सपना पूरा गर्न २४ वर्षीया सृष्टि राजनीतिमा सक्रिय हुनुभएको हो । उपमेयरमा तपाईंको उम्मेदवारी किन भन्ने प्रश्नको जवाफमा सृष्टिले भन्नुभयो, ‘पहिला त बुबाको सपना पूरा गर्नु छ, त्यससँगै नगरपालिकामा व्यावसायिक कृषिको सुरुवात गर्छु ।

 

सृष्टिसँग कृषिलाई व्यावसायिक बनाउने, गुणस्तरीय र प्राविधिक शिक्षालाई प्राथमिकता दिने र गाउँमै रोजगारीको सिर्जना गरेर युवालाई गाउँमै सिर्जनशील काममा लगाउने योजना छन् । ‘आफ्नै जिल्लाबाट केही गर्नुपर्छ भन्ने लागेर यहाँ उम्मेदवारी दिएकी हुँु, सृष्टिले भन्नुभयो, ‘उपमेयरमा जित हासिल गरे सर्वसाधारण जनताले थाहा पाउने गरी मेरो नगरपालिकामा काम गरेर देखाउँछु ।ु

 

मेयर रेणु दाहाल
माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य तथा प्रधानमन्त्री पुष्पकमल दाहालपुत्री रेणु दाहालले भरतपुर महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । अखिल क्रान्तिकारीका उपाध्यक्ष रामचन्द्र अधिकारीका अनुसार रेणु पार्टी नेता तथा कार्यकर्तासहित निर्वाचन आयोगको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो । अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव दाहाल ०३३ सालमा चितवन शिवनगरमा जन्मिनुभएको हो । बाल्यकाल चितवनमा बिताउनुभएकी दाहाल ०६१ सालमा माओवादीको रोल्पा जिल्लाको सहइन्चार्जको भूमिका निर्वाह गर्नुभएको थियो ।

 

माओवादी शान्तिप्रक्रियामा आएपछि भने उहाँ काठमाडौं सचिव हुनुभएको थियो । ०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ मा चार हजार ६ सय मत ल्याउनुभएकी रेणुले अहिले भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिनुभएको हो । माओवादी केन्द्रले सुरेन्द्र गुरुङलाई भरतपुरको उपमेयर पदमा उम्मेदवार बनाएको छ ।

 

मेयर कल्पना शर्मा
अधिवक्ता कल्पना शर्माले काठमाडौंको टोखा नगरपालिकामा मेयर पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ । माओवादी केन्द्रका तर्फबाट टोखा नगरपालिकामा मेयर पदमा उम्मेदवारी दर्ता गराउने शर्मा सोही पार्टीका नेता दीनानाथ शर्माकी पुत्री हुनुहुन्छ । दीनानाथ शर्मा शिक्षामन्त्री हुँदा कल्पना स्वकीय सचिव हुनुहुन्थ्यो । उहाँको उम्मेदवारी बाबुको सम्बन्धले भन्दा पनि राजनीतिक सक्रियताले नै आएको देखिन्छ । यद्यपि, उहाँको पेसा भने कानुन व्यवसाय हो ।

 

मेयर रञ्जु न्यौपाने (दर्शना)
सबै राजनीतिक दललाई चकित पार्दै विवेकशील नेपाली पार्टीको समर्थनमा स्वतन्त्र उम्मेदवारका रूपमा २१ वर्षीय रञ्जु न्यौपाने ९रञ्जु दर्शना० ले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । कामपा(३ महाराजगन्ज स्थायी घर हुनुभएकी रञ्जु मेयरमा आफ्नो उम्मेदवारी यथास्थितिलाई चुनौती भएको बताउनुहुन्छ । उम्मेदवारी दर्तापछि पत्रकारसँग रञ्जुले भन्नुभयो, ‘सर्वप्रथम सबैलाई मायाका लागि आभार प्रकट गर्न चाहन्छु । मेरो उम्मेदवारी यथास्थितिलाई चुनौती हो । अब नेपाली राजनीतिमा नयाँ आयाम सुरु भइसक्यो । आज हामी युवाको उपस्थितिले यो कुरालाई प्रमाणित गर्छ ।

 

उपमेयर जानुका पराजुली
माओवादी केन्द्रका तर्फबाट सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको उपमेयरमा उम्मेदवारी दर्ता गर्नुभएकी जानुका पराजुली ध्रुव पराजुलीकी छोरी हुनुहुन्छ । जनजागृति माध्यमिक विद्यालय साँगाचोकको शिक्षक पद त्यागेर सशस्त्र संघर्षमा होमिनुभएका ध्रुव पराजुली नेकपा माओवादीको पोलिटव्यूरो सदस्य हुनुहुन्थ्यो । पार्टीले आफूलाई जिम्मेवारीविहीन बनाएको र माओवादी आन्दोलनका घटक दल विभाजित भएको अवस्थामा ध्रुव पराजुली बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा प्रवेश गर्नुभएको थियो । सो पार्टीमा पनि सन्तुष्ट हुन नसकेपछि पराजुली राजनीतिबाट निष्क्रिय भई गाउँमै बस्नुभएको थियो । विद्यार्थी जीवनदेखि नै राजनीतिमा होमिनुभएकी जानुका भने माओवादी केन्द्रमै हुनुहुन्थ्यो ।
ध्रुव पराजुलीलाई पनि राजनीतिमा सक्रिय बनाउन माओवादी केन्द्रले छोरी जानुकालाई उपमेयरको उम्मेदवार बनाएको बुझिएको छ । जानुका सिन्धुपाल्चोकको साँगाचोकमा जन्मनु र हुर्कनुभएको हो । चौतारा साँगाचोक गढी नगरपालिकामा माओवादी केन्द्रका तर्फबाट मेयरका उम्मेदवार अमानसिंह तामाङ भने पुराना नेता हुनुहुन्छ । ०४९ सालमा तत्कालीन कुविण्डे गाविसको उपाध्यक्षमा संयुक्त जनमोर्चाका तर्फबाट उपाध्यक्ष विजयी हुनुभएका तामाङ स्थानीय तहमा परिचित नेता हुनुहुन्छ ।

 

उपमेयर राधिका ढकाल
आर्थिक पत्रकारितामा सक्रिय कारोबार दैनिकमा कार्यरत राधिका ढकालले नेपाली कांग्रेसको तर्फबाट काभ्रेको मण्डन देउपुर नगरपालिकाको उपमेयरमा उम्मेदवारी दर्ता गर्नुभएको छ । पत्रकारिता विषयमा स्नातकोत्तर राधिकाले उपमेयरमा उम्मेदवारी दर्ता गर्नु पत्रकारिता क्षेत्रको राजनीतिमा प्रतिनिधित्व भएको रूपमा धेरैले लिएका छन् । माधव ढकालको प्रस्ताव र सानुछोरी श्रेष्ठको समर्थनमा पत्रकार ढकालको उम्मेदवारी दर्ता गराउनुभएको हो । मण्डन देउपुर नगरपालिकाको मेयरमा भने काभ्रे जिल्ला कांग्रेसका उपसभापति अच्युत पौडेलको उम्मेदवारी दर्ता भएको छ । राधिकाका पिता जीवनाथ स्थानीय राजनीतिमा सक्रिय हुनुहुन्छ । यद्यपि, उहाँको परिवारमा राजनीतिमा होमिने उहाँ नै पहिलो उम्मेदवार बन्नुभएको छ । पत्रकारिता गर्दागर्दै स्थानीय निर्वाचनमा होमिनुभएकी ढकाल गाउँमा राजनीतिक वातावरण सोचेभन्दा राम्रो भएको बताउनुहुन्छ ।
‘यहाँको वातावरण सोचेभन्दा राम्रो छ, उम्मेदवारी दर्ता गरेपछि निर्वाचन तयारीका लागि हामी पूर्णरूपमा सक्रिय भएका छौं,ु ढकालले भन्नुभयो, ‘मेरो प्रमुख प्राथमिकता नै यहाँको सडक हो, काठमाडौंबाट नजिक भएर पनि आधारभूत पूर्वाधार नभएकाले मेरो ध्यान त्यसमा गएको छ ।ु उहाँले नगरपालिकालाई पर्यटकीय क्षेत्र बनाउने घोषणासमेत गर्नुभएको छ ।

 

उपाध्यक्ष लक्ष्मी पौडेल
सिन्धुपाल्चोक, सुनकोसी गाउँपालिकामा उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनुभएकी लक्ष्मी पौडेल नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद हुनुहुन्छ । नेपाल प्रेस युनियनमा क्रियाशील रहनुभएकी पौडेल गाउँ र देशको सेवा गर्न जनप्रतिनिधिका रूपमा प्रस्तुत हुन चाहेको बताउनुहुन्छ । ‘पहिला गाउँको सेवा र विकास गर्ने अनि देशको विकास र सेवा गर्ने लक्ष्य र उद्देश्यसहित उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी हुँ कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएकी पौडेलले भन्नुभयो, ‘निर्वाचित भएपछि पहिलो निर्णय नै गाउँपालिकाको केन्द्र लामोसाँघुबाट त्रिवेणीधाममा ल्याउने मेरो योजना छ । सिन्धु सञ्चारको सम्पादकसमेत रहनुभएकी पौडेलको राजनीतिप्रतिको रुचि र क्षमताका आधारमा कांग्रेसले उम्मेदवार बनाउने निर्णय गरेको हो ।रेवती सापकोटा र दिनेश लुइटेलको अन्नपूर्ण पोस्ट्मा प्रकाशित लेख।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement