Advertisement
Advertisement
Advertisement
Advertisement

घरेलु कामदारमा महिलाको माग, थप मुलुकसँग श्रम सम्झौता गर्ने नेपालको पहल

  |      15:13:00   |  
वेब तस्विर
वेब तस्विर

साउन ११, काठमाडौं । घरेलु कामदारका रुपमा महिलाको माग आएपछि कतार, साउदी अरेबिया, युनाइटेड अरब एमिरेट्स लगायतका देशसँग द्विपक्षीय श्रम सम्झौताका लागि छलफल भइरहेको अधिकारीहरूले बताएका छन्।

ती देशमा महिलालाई घरेलु कामदारको रुपमा पठाउन अहिले प्रतिबन्ध लगाइएको अवस्था छ। 

श्रम सम्झौता नहुँदा महिलाहरू जोखिम उठाउँदै अवैध रुपमा ती मुलुक जाने गरेको वैदेशिक रोजागरका जानकारहरू बताउँछन्। द्विपक्षीय श्रम सम्झौता भएपछि केही महिना अघिदेखि नेपाली महिलाहरूलाई घरेलु कामदारको रुपमा जोर्डन जाने बाटो खुल्ला भएको छ।

प्रतिबन्ध
दक्षिण कोरियामा भने करिब एक दशकदेखि ईपीएस प्रणालीमार्फत मात्र कामदारहरू जाने गरेका छन्। इजरेलमा  वृद्धवृद्धा र अशक्तको हेरचारका निम्ति केयर गिभरको रुपमा गइरहेका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलका सचिव महेश दाहालका अनुसार श्रम सम्झौता गरी कतार, साउदी अरेबिया, कुवेत लगायत देशमा जान लगाइएको प्रतिबन्ध फुकाउनेबारे छलफल भइरहेको छ। उनले भने, कतार, साउदी अरेबिया, युएई लगायतका देशले घरेलु कामदारको माग गरेका छन्। यसरी महिलालाई ती मुलुकमा पठाउन दुई देशबीच श्रम सम्झौता वा घरेलु कामदारको सन्दर्भमा छुट्टै सम्झौता गर्नुपर्छ भनेर हामी छलफल गरिरहेका छौं।

मंगलवार राति भारत हुँदै अवैध रुपमा कुवेत र इराक पठाइन लागिएका १६ जना नेपाली महिलालाई भारतको दिल्लीस्थित एउटा घरबाट उद्धार गरिएको थियो।

 

प्रलोभन
अधिकांश महिला राम्रो कमाइको प्रलोभनमा परेर मानवतस्करीको शिकार हुने गरेको वैदेशिक रोजगार क्षेत्रका जानकारहरू बताउँछन्। कामदार माग भइरहेका देशमा सक्दो छिटो श्रम सम्झौता गर्नुपर्ने उनीहरूको सुझाव छ।

वैदेशिक रोजगारमा अवैध रुपमा जान लागेका महिलाको उद्धार र पुनर्स्थापनामा संलग्न मञ्जु गुरुङ भन्छिन, कुनै पनि महिला पुरुषसरह सरकारी अभिलेखमा अभिलेखीकरण भएर ससम्मान रोजगारीका लागि जाने वातावरण सिर्जना गर्नुपर्‍यो।

अधिकाशं महिला घरेलु कामका लागि जान्छन् र उनीहरू जोखिमपूर्ण रुपमा जाने अवस्था सरकारले नै गरेको छ। यसलाई सम्बोधन गर्नका लागि घरेलु कामदार श्रम सम्झौता गर्नुपर्‍यो।सरकारले प्रतिबन्ध नलगाएका मुलुकसँग पनि श्रम सम्झौता नगर्दा पनि महिलाहरू अवैध बाटो रोज्न बाध्य हुनुपर्ने कतिपयको भनाइ छ।
 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement