Advertisement
Advertisement
Advertisement
Advertisement

गोर्खाकी गीतालाई च्याउ खेतीले बनायो आत्मनिर्भर

  |      16:48:00   |  
तस्विर: अन्नपूर्ण पोस्ट
तस्विर: अन्नपूर्ण पोस्ट

काठमाडौ । आफूले रोपेको च्याउ गैह्र दलित समुदायले नखाइदेलान की भन्ने पीर थियो गोर्खाकी गीता परियारलाई। तर उहाँको त्यो सोँच गलत साबित भयो। झोलाभरी च्याउ राखेर घर घरमा च्याउ बेच्न जाँदा सबैले किन्न थालेपछि उहाँको आत्मबल निकै उचाईमा पुग्यो, आम्दानी पनि राम्रो भयो।
 

एकैलटमा पन्ध्र, बीस हजार कमाइ भएपछी झनै हौसला बढ्न थाल्यो। त्यसपछि सुरुसुरुमा च्याउ उमार्न पराल ल्याउँदा घर फोहोर भयो भन्ने परिवारका सदस्य पनि खुशी भए, गोर्खाबाट आएनु भएको गीता परियारले आफनो सफलताको कथा यसरी सुनाउनुभयो। युरोपियन युनियनको आर्थिक अनुदानमा ब्रिटीस काउन्सिल, नेपाल दलित महिला उत्थान संघ र नेपाल राष्ट्रिय सोसाइटी वेलफेयर लगायतका संस्थाले सञ्चालन गरेको ुसुनिश्चित अधिकारको लागि सीप तथा आवाजु नामक परियोजनामा आवद्ध भएपछि आफूमा परिवर्तन आएको परियारले सुनाउनुभयो। यसै कार्यक्रमको सिलसिलामा उहाँहरु गोर्खाबाट आफना सफलताको कथा सुनाउन काठमाडौमा उपस्थित हुनु भएको थियो शुक्रबार।

वास्तवमा परिवर्तन गर्नको लागि आवाज उठाउनु सबैभन्दा महत्वपूर्ण कुरा रहेछ। आवाज उठाए पो सुनिन्छु गोर्खाबाटै आउनुभएको बिन्दा विकले भन्नुभयो । यस्ता कार्यक्रमले आफू जस्ता समाजमा पिछडिएका समुदायका महिलाको उत्थान गरेको बताउनुभयो। भन्नुभयो, ुपहिला हामी आफनो नाम भन्न सक्तैन थियौ तर अहिले हामी दलित, महिला र जनजातीको लागि के कति बजेट राज्यले छुट्याएको छ, त्यो सोध्न सक्ने भएकाछौ, सरकारी तथा गैह्र सरकारी संस्थाहरुले के कस्तो सहयोग गर्दै आएको छ त्यो बुझन सक्ने भएका छौ । आवाज नउठाएर पो रहेछ परिवर्तन नभएको। अधिकार सुनिश्चित गर्न आवाज उठाउनैपर्छ, उहाँले भन्नुभयो।‘पहीला एक पोका नुन किन्न श्रीमानसँग पैसा माग्नुपर्ने अवस्था थियो तर अहीले आफै लगानी गर्न सक्ने भएका छौु विकले भन्नुभयो, उहाँले २५ जनाको समुह संचालन गर्नुभएको छ । जसले गोर्खामा च्याउ खेतीको तालिम लिएर आत्मनिर्भरको बाटो रोजेको छ।

मनग्ये आम्दानी गर्ने भएपछि त कसैले रोकटोक गर्न नसक्ने रहेछ, विकको अनुभवले यस्तै भन्छ। तर सुरुमा सजिलो थिएन यो काम गर्न। विकलाइ सुरु सुरुमा यसले नराम्रो गर्न लागी भनेर कुरा काट्नेहरु गल्ति महशुस गर्दै आत्मनिर्भरको बाटो देखाइदिन आग्रह गर्न थालेको बताउनुभयो।
चार करोड तीस लाख बजेटमा सुरु भएको यो परीयोजना ३१ महिना पहिला सुरु भएको थियो। मुख्यगरी दलित समूहलाई लक्षित गरी सुरु गरिएको यस परियोजनामा गोर्खा र सिरहाको चौध वटा गाविसमा कार्यक्रम संचालन गरिएको परियोजना ब्यवस्थापक बद्री प्रसाद तिवारीले बताउनुभयो। दलित समुदायका करीब ६३ प्रतिशत महिलाहरुले यस कार्यक्रमबाट लाभ लिइरहेको र यो परियोजना साच्चै लाभदायी बनेको बताउनुभयो। यो खबर अन्नपूर्ण पोस्टमा छापिएको छ । 
समाजमा पिछडिएका दलित समुदायको महिलाको राजनितकि, आर्थिक र सामाजिक अधिकारमा पहुँच बढाइ उनीहरुको जीवनस्तर सुधार ल्याउनको लागी यो कार्यक्रम सुरु भएको थियो।

पिछडीएका महिला, दलितहरुको लागी यस्ता कार्यक्रमले साच्चै नै जीवनस्तर उकास्न सहयोग पुर्याएको तर यस्ता कार्यक्रमलाइ निरन्तरता दिनुपर्ने बिकले बताउनुभयो। उहाँले भन्नुभयो, ुहामी हिड्न सक्ने भएका छौ, अब दौडने बनाइदिनुपर्यो। प्रायजसो परियोजनाहरुको बेफाइदा भनेकै निश्चित समयका लागी संचालन हुन्छन् तर आफुहरुले दीर्घकालीन विकासको अपेक्षा गरेको बताउनुभयो। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement