काठमाडौं । गोरखापत्र दैनिकका प्रवन्ध सम्पादक हरिकला अधिकारीले आइतबारबाट गोरखापत्र संस्थानको निमित्त महाप्रबन्धकको जिम्मेवारी लिएकी छिन्। उनी गोरखापत्र संस्थानको ११ तहको प्रबन्ध सम्पादक हुन् ।
सूचना तथा सञ्चार मन्त्रालयले आइतबार गोरखापत्र संस्थानलाई लेखेको पत्रअनुसार महाप्रबन्धक सुशील कोइरालाको चारवर्षे सेवा अवधि ९कार्यकाल० साउन ५ बाट सकिएकाले संस्थानको कर्मचारी सेवा शर्त विनियमावली २०५२९संशोशनसहित० अनुसार अधिकारीले निमित्त महाप्रबन्धकको जिम्मेवारी लिएकी हुन्। कोइराला खुला प्रतिस्पर्धाबाट चार वर्ष अघि गोरखापत्र संस्थानको महाप्रबन्धकमा नियुक्तभएका थिए।
निमित्त महाप्रवन्धक अधिकारीले संस्थान विनियमावलीको विनियम ४५ बमोजिम कार्यालय प्रमुखको अधिकार प्रयोग गर्नुभएको संस्थान प्रशासनले जनाएको छ । संस्थानका नायब महाप्रबन्धक गोपालप्रसाद भट्टराईले संस्थान नियमावली अनुसार संस्थानको वरिष्ठतम कर्मचारीले स्वतः जिम्मेवारी लिने व्यवस्था भए अनुसार आइतबारबाटै अधिकारीले निमित्त महाप्रबन्धकको जिम्मेवारी सम्हालेको जानकारी दिए ।