Advertisement
Advertisement
Advertisement
Advertisement

यौन बिद्रोहका कथा लोकार्पित

  |      11:31:00   |  
यौन बिद्रोहका कथा लोकार्पित

काठमाडौं । पत्रकार डब्बु क्षत्रीको पहिलो कथा संग्रह नमस्ते काठमान्डू पाठकमाझ आएको छ । राजधानीको कालिकास्थन स्थित सर्वनाम नाटकघरमा शनिबार त्यहीका कलाकारहरुले कथामाथि बनेको गीतमा अभिनय गर्दै पुस्तक सार्वजनिक गरे ।
संग्रहका कथाको भाव समेटेर बनाईएको गीत नमस्ते काठमान्डू...पनि सोही कार्यक्रममा सर्वजनिक गरिएको थियो । जुगल डागोलको सागीत र सन्देश पाठकको स्वरमा रहेको यो गीतमा कथाका सबै शिर्षक र भाव समेटिएको थियो । राज शाहको निर्देशनमा सर्वनामका कलाकारहरुले सबै कथाको भाव झल्कने गरी अभिनय प्रस्तुत गरेका थिए ।
पुस्तक लोकार्पण पछि सो कथासंग्रह
माथि अन्तरक्रिया आयोजना गरियो । लेखक सचिन घिमिरेले सहजीकरण गरेको सो अन्तरक्रिया कार्यक्रममा अभिनेत्री ऋचा शर्माले संग्रहका कथामा उल्लेखित घटना र पात्रहरु आफुले आफ्नै समाजमा देख्दै आएको बताईन् । साग्रहका थुप्रै कथाका पात्रहरु आफुलाई मन परेको र ती पात्रको रुपमा अभिनय गर्न आफ्नालागि चुनौती बन्ने सक्ने भनाई राख्दै उनले भनिन्,‘कथामा समेटिएका कतीपय पात्रहरु यस्तो मनोविक्षिप्त छन की उनीहरुको भूमिका निर्वाह गर्न पनि निकै चुनौतीपूर्ण मैले ठानेको छु ।’ कथाहरु पढिरहँदा  आफुलाई छोड्न मन नलागेको उनले बताईन् । हाल आफुले निर्माण गरेको चलचित्र आधा लभ पनि तेस्रो लिंगी तथा समलिंगी बिषयमा केन्द्रित रहेको र नमस्ते काठमाडौंका कथाहरु पनि यौन बिद्रोहमा केन्द्रित आफुले पाएको बताईन् ।
पत्रकार यज्ञशले सञ्चारकर्मी डब्बु क्षत्री लामो समयदेखि पत्रकारितामा आबद्ध भएको र संग्रहका कथामा पत्रकारिताको लेखन शैली झल्किएको बताए । कथाहरुमा नयाा प्रयोग गरिएको बताउँदै समाजका बर्ग अनुसारको यौन अबस्था र त्यसको स्थितिलाई कथामा समेटिएको उनले बताए । डब्बु क्षत्रीले कथामा आफ्नो छुट्टै पन बनाएको पनि यज्ञशले बताए । समाजका विभिन्न बर्ग, धर्म, भाषा, लिंगलाई टिपेर कथामा उनिएको भन्दै यज्ञशले कथाहरु सबै बर्गका लागि लेखिएको बताए । 
उपन्यासकार जया ओझाले अन्तरक्रियामा बोल्दै नमस्ते काठमाडौंका कथाहरु यौनमा केन्द्रित भएर पनि पटक्कै अश्लिल नभएको बताईन् । तर कथाहरुलाई शिर्षकमा बर्ग नछुट्याई कुन कथा कुन बर्गको हो भनेर छुट्याउने जिम्मा पाठकलाई नै दिएको हुन्थ्यो भनिन् । तथापि कथाले जो कोहीको मन छुने पनि उनले बताईन् ।
नमस्ते काठमाडौंका लेखक डब्बु क्षत्रीले आफुले समाजमा देखेका घटनाहरुलाई कथामा ढालेर यो साग्रहमा ल्याएको बताए । नमस्ते काठमाडौंका कथाहरुलाई यौन अस्लिलता नभएर यौन बिद्रोहको रुपमा कथाकार क्षत्रीले व्याख्या गरे । समाजमा जे देखेको त्यही घटनालाई कथामा बुनेको पनि उनले बताए । 
नमस्ते काठमाडौंका प्रकाशन संस्था शिखा बुक्सका अध्यक्ष पुष्पाराज पौडेलले कथामा नयाँ प्रयोग आफुले नमस्ते काठमाडौंमा पाएकोले यो साग्रह प्रकाशन गरेको बताए । साग्रह एक साता अघि बजारमा पठाएको र पाठकबाट सोचे भन्दा राम्रो प्रतिक्रिया आएको जानकारी गराउँदै बिक्री पनि उत्साहजनक रुपमा भएको छ भने । साग्रहमा १८ ओटा कथा रहेको र यसको मूल्य ३ सय ५० रुपैयाँ राखेको पनि उनले जानकारी गराए ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement