असार २२, काठमाडौं । हड्डीको क्यान्सर जितेकी २९ वर्षीया अमेरिकी महिला हेली आर्सीनाक्स अल सिभिलियन स्पेस मिसन इन्स्पिरेसन ४ मा भाग लिने पहिलो सबै भन्दा कम उमेरकी महिला हुने भएकी छिन् । उक्त मिसनमा जाने हेली २९ वर्षकी हुन् । यो भन्दा पहिले शैली राइड १९८३ मा ३२ वर्षको उमेरमा गएकी थिइन् । आउदो अक्टुबर महिनामा लन्च हुने उक्त मिसन नासा क्यानेडी स्पेस केन्द्रले गर्न लागेको हो । क्यान्सरसँग लड्ने र जित्ने जोशले नै हेलीलाई मिसनमा भाग लिन प्रेरित गरेको उनले बताएकी छिन् ।
यो मिसन क्यान्सर पिडितहरुको लागि सकरात्मक उर्जा र सन्देश सम्प्रेषण गर्ने चाहना अनुसार आफूले निर्णय गरेको बताउने हेली जिवनमा उत्साह भयो भने कुनै सिमाले पनि नछेक्ने बताउँछिन्् । कुनैपनि रोगले लामो यात्रा रोक्न सक्दैन्, उनि भन्छिन् । हेली ठिकसँग हिड्न सक्दिनन् । उनको खुट्टामा दुखाइ हुँदाहुँदै पनि उनीले चुनौती स्विाकारेर निर्णय गरेकी हुन् ।
मिसन सम्पन्न पश्चात हेली कृत्रिम अंगका साथ स्पेसमा जाने पहिलो सबैभन्दा सानो उमेरकी महिलाको सूचिमा पर्नेछिन् ।
हेलीले १० वर्षको उमेरमा अमेरिकामा मेम्फिस शहरस्थित सेन्ट जुड चिल्डे«न्स रिसर्च अस्पतालमा घुडा परिवर्तन गरेकी थिइन भने बायाँ फिलामा टायटानियम रड घुसाएर शल्यक्रिया गरेकी छिन् । अहिले उनी सोहि अस्पतालमा डाक्टर छिन् ।