कार्तिक १४, काठमाडौं । गायिका सज्जा चौलागाईंले कलामा महिला सहभागिता’को सन्देश दिंदै ५ हजार ९२२ मिटर अग्लो जुगल–५ हिमाल आरोहण गरेकी छन् । उनले गत मंगलबार विजयदशमीको दिनमा जुगल हिमालको चुचुरोमा पुगेकी हुन ।
सज्जा चौलागार्यले चुचुरोमा राष्ट्रिय झण्डा फर्फराउँदै ‘कलामा महिला’स्लोगन लेखिएको एक व्यानर पनि प्रस्तुत गरेकी थिइन्। । हिमाल चढेपछि सामाजिक सञ्जालबाट खुसी बाँड्दै सज्जाले कलामा महिला सहभागिता बढ्नु जरुरी रहेको उल्लेख गरेकी छन् ।
आफ्नो सपना महिलालाई प्रोत्साहन गर्ने देखेको हुनाले उनी लेख्छिन्, ‘महिला भएको नाताले मैले सधैं अरू महिलालाई प्रोत्साहन गर्ने र सकेसम्म उनीहरूलाई प्रतिनिधित्व गर्ने सपना देखेको थिएँ र मैले यो गर्ने मौका पाएँ त्यसैले मैले सक्दो प्रयास गरें । यो आरोहण सबै महिलाको लागि हो । म धन्य छु ।’