Advertisement
Advertisement
Advertisement
Advertisement

एसएमएसले बचायो ३२ परिवारको ज्यान

  |      19:05:00   |  
एसएमएसले बचायो ३२ परिवारको ज्यान

सुरेन्द्र भण्डारी ►
भदौ, झापा। गत हप्ता कनकाई नदीमा आएको बाढीले भीषण रुप लिँदै गाउँपसेपछि झापा गाउँपालिकाका एकै परिवारका आमा छोरीसहित ७ जनाले ज्यान गुमाए । दुई जना अझै बेपत्ता छन् । 

 

झापामा बाढीका कारण १३ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेहरुमा सबैभन्दा बढी झापा गाउँपालिकाका रहेका छन् । झापा गाउँपालिकामा मात्रै बाढीकै कारण सयौं बिगाहा खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र पनि झापा गाउँँपालिका नै हो । माई र सानो माईको भङ्गालो गाउँ पसेपछि सिङ्गो झापा गाउँपालिका तीन दिन डुब्यो । गाउँपालिकाको ७ नम्बर वडा टप्पु गाउँ सबैभन्दा बढी प्रभावित क्षेत्र बन्यो । सोही गाउँ नजिकैका टेकबहादुर दर्नालकी श्रीमती कमला र छोरी खुशीले बाढीका कारण ज्यान गुमाए । सानो माईको नजिकै घर थियो उनीहरुको । 

 

तर, सोही गाउँका ३२ परिवारका एक सय ५० जनाले भने एसएमएसका कारण ज्यान जोगाएका छन् । कनकाई नदीमा बाढी आउने सूचना दुई घण्टा अघि एसएमएसबाट थाहा पाएपछि सो गाउँका ७८ महिला र ७२ जना पुरुषले सुरक्षित स्थानमा गएर ज्यान जोगाएको स्थानीयवासी तथा खोज तथा उद्धार कार्यदलका सदस्य सुनिल हस्दाले बताउनुभयो । 

 

युएसआइडीको आर्थिक सहयोग, प्राक्टिकल एक्सनको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको कनकाई बाढी पूर्व सूचना प्रणालीमार्फत बाढी आउने सूचना मोबाइलमा एसएमएस आएपछि टप्पुवासीले सुरक्षित स्थानमा गएर ज्यान जोगाएका थिए । सो क्षेत्रमा तीन वर्षअघिदेखि कनकाई बाढी पूर्व सूचनासम्बन्धी काम नेपाल रेडक्रस सोसाइटी झापाले गर्दै आएको छ । 

 

सानो माई पश्चिमको गाउँ हो टप्पु । टप्पु गाउँमा पश्चिमबाट माई र पूर्वबाट सानो माईको भङ्गालो पसेपछि त्यहाँका ३२ परिवार तीन दिनसम्म डुवानमा परे । त्यो गाउँमा उद्धारका लागि न नेपाली सेनाको टोली पुग्न सक्यो न त त्यहाँ अरु कुनै निकायको उद्धार टोली नै पुग्यो । उद्धारका लागि खटिएको नेपाली सेना र प्रहरीको टोली बीचबाटोबाटै फर्किएपछि स्थानीयवासी आफैंले कोलाको थम्बाको सहारामा सानो माई पार गर्दै तीन दिनपछि सिमलवाडी पुगेर आश्रय लिएको स्थानीयवासी हस्दाले बताउनुभयो । 

 

कनकाई माईको मैनाचुलीमा राखिएको बाढी पूर्व सूचना प्रणालीबाट बाढी आउनुभन्दा दुई घण्टा पूर्व नै बाढी आउने सूचना थाहा पाएर ज्यान जोगाउन पाएकामा विपद्मा पनि खुशी छन् उनीहरु । 

 

सन्थाल समुदायको बाहुल्य रहेका त्यहाँका बासिन्दा बाढी आउने विषयमा पूर्व सूचना प्रणालीका कारण बाँचेको बताउँछन् । तर, नेपाल रेडक्रस सोसाइटी झापाले समुदायमा पुगेर गठन गरेको सामुदायिक विपद् व्यवस्थापन समितिमा नरहेका दर्नाल परिवारको भने उठिवास भयो । सिमलवाडी र टप्पु जोड्ने सडकखण्ड बीच सानो माई खोलाको छेउमा घर बनाएर बसेका टेकवहादुरको न घर रह्यो न श्रीमती र छोरी नै रहे । मेचीनगर–१२ स्थित भाइ (फुपूका छोरा) सरमान बराइलीको घरमा उहाँ अहिले श्रीमती र छोरीको काज किरियामा बस्नुभएको छ । उहाँसँगै जेठी श्रीमतीपट्टिकी साइँली छोरी पनि किरिया बस्नुभएको छ । 

 

झापा गाउँपालिका–७ का पूर्व सूचना कार्यदलका संयोजक विकाश टुडूका अनुसार सामुदायिक विपद् व्यवस्थापन समिति ९सिडिएमसी० मा आबद्ध गाउँका ३२ घर परिवारले बाढी आउँदा कसरी बच्ने भन्ने विषयमा जानकारी लिएका थिए । तर, दर्नाल परिवार भर्खरै मात्र पहाडबाट बसार्इँ सरेर आएकाले बाढीबाट कसरी बच्ने भन्ने विषयको ज्ञान नभएका कारण अत्तालिएर भाग्दा ज्यान गुमाउनु परेको स्थानीयवासी बताउँछन्। 

"बाढीबाट कसरी बच्ने भन्ने विषयमा जानकारी नभएको भए टप्पु गाउँका हामी कोही पनि ज्यूँदो भेटिने थिएनौं” – खोज तथा उद्धार कार्यदलका सदस्य आकृति टुडूले भन्नुभयो । 

 

पूर्व सूचना प्रणालीकै कारण गर्भवती महिलाको उद्धार गर्न पाएका कारण सुनिल पीडामा पनि खुशी हुनुहुन्छ् । उहाँ आफ्नो पीडा भुलेर भन्नुहुन्छ – "कनकाई माईमा पानीको सतह बढेर सतह नाध्न थालेपछि हामीले कसैलाई भाग्न दिएनौं । कोही भाग्न नपाएका कारण गर्भवती महिला, वद्धवृद्धा र बालबालिका सबैको ज्यान बच्यो ।” 
 

हस्दाले भन्नुभयो – ‘तालिमपछि हामीले ट्युब, लाइफ ज्याकेट, टायर लगायतका सामग्री राखेका थियौं, त्यतिले नपुगेपछि हामीले कोलाको थम्बा प्रयोग गरेर पनि टप्पुवासीको उद्धार गर्न पाएकामा खुशी छु ।’ 

 

टप्पुवासीले बाढी आउने सूचना पाएपछि उनीहरुले पनि खतराको साइरन बजाएका थिए । बाढी आएलगत्तै मोबाइल सम्पर्क टुटेका कारण उनीहरुले घर–घरमा पुगेर बाढी आउने भन्दै सबैलाई खबर गरेका थिए ।"मोबाइल सम्पर्क विच्छेद नभएको भए आफूहरुलाई जिल्लामा रहेको सूचना सञ्जाल र मैनाचुली स्टेशनबाट पनि टेलिफोन आउने थियो” – स्थानीय गोपाल थपलियाले भन्नुभयो । 

 

टप्पुवासीको पहिलो आवश्यकता स्वास्थ्योपचार 

बाढीका कारण टप्पुवासीले पालेका धेरै पशुचौपाया मरेका कारण टप्पु लगायत झापा गाउँपालिकाका धेरै स्थानमा यतिबेला दुर्गन्ध फैलिएको छ । धेरै पशुचौपायालाई बाढीले बगाएर मरेपछि जताततै दुर्गन्ध फैंलिएसँगै सरुवा रोगको खतरा बढेको स्थानीय तर्सला टुडूले बताउनुभयो । उहाँले भन्नुभयो – ँयहाँको पहिलो आवश्यकता भनेको औषधि उपचार हो । बाढीबाट जसोतसो ज्यान जोगायौं । अब रोग लाग्यो भने चाहीँ के गर्ने रु न बस्ने घर छ न सुत्ने ओच्छ्यान नै ।” बाढी आउने सूचना आफूहरुले दुई घण्टा अघि नै थाहा पाएपनि मुसलधारे बर्षाका कारण अन्नपात र घरमा रहेको अन्य सामग्रीलाई सुरक्षित गर्न नसकिएको उहाँको भनाइ थियो । 

 

आपत्कालीन अवस्थाका लागि त्यहाँका सर्वसाधरणले प्रत्येक महिना प्रतिपरिवार २०/२० रुपैयाँ बचत गरेको रकमले दुई दिनसम्म प्राण धानेको कार्यदलकै तुर्सला बताउनुहुन्छ । 

 

इलामको माई नगरपालिकास्थित मैनाचुलीमा १९७१ सालमा स्थापना भएको जलमापन केन्द्र गत साता माई खोलामा आएको बाढीले बगाएको छ । 

 

बाढी आउनुभन्दा ५ घण्टा अघिसम्मको सूचना दिनसक्ने जलमापन केन्द्र बगाएपछि अहिले अझ बढी चिन्तित छन् त्यस क्षेत्रका सर्वसाधारण । 

 

झापा गाउँपालिका–७ निवासी आकृति टुडू भन्नुहुन्छ – "जलमापन केन्द्र भएन भने हामी टप्पुवासी मात्र होइन आसपासका बासिन्दाले पनि बसाइँ सरे हुन्छ ।” 

 

झापासहित इलामको माई र देउमाई नगरपालिका तथा माङ्सेवुङ गाउँपालिकामा बाढी पूर्व सूचना प्रणाली सञ्चालनमा रहेको वरिष्ठ परियोजना अधिकृत राकेशकुमार साहले बताउनुभयो । उहाँका अनुसार झापामा मात्रै १० हजार एक सय ४५ जना मानिसले यसबाट प्रत्यक्ष लाभ लिइरहेका छन् । 

 

झापामा १५ वटा र इलाममा १० वटा समुदायमा यो परियोजना सञ्चालनमा रहेको छ । 

 

वर्षेनी कनकाई नदीमा आउने बाढीले झापावासीलाई दुःख दिने गरेपछि उनीहरुले कनकाई नदीमा तटबन्धन गर्न माग गरेका छन् । दुई मुठ्ठी चामल र एउटा त्रिपालले आफूहरुको समस्या समाधान नहुने भन्दै दीर्घकालीन सोचका साथ कनकाई नदीमा बाँध बाँध्न उनीहरुले सरकारसँग माग गरेका छन् ।  


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement